coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गुरुको टोलीलाई जित्ने जापानी लक्ष्य

काठमाडौं- राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले शनिबार फ्रेन्ड्स अफ जापानविरुद्ध हुने च्यारिटी खेल भए पनि नेपालले यसलाई हल्का रूपमा नलिएको बताएका छन्।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार पत्रकार सम्मेलनमा अनिलले मैत्रीपूर्ण खेलबाट जापानी खेलाडीसँग नयाँ सम्बन्ध कायम हुने अपेक्षा पनि गरे। उनले खेलमा कोही पनि हार्न नचाहने हुनाले नेपालले जित्नैका लागि खेल्ने बताए।

‘खासमा यो खेलले नेपाल र जापानी खेलाडीबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास हो। च्यारिटी खेल भएकाले हामी धेरैभन्दा धेरै दर्शकउपस्थित होस् भन्ने चाहन्छौं,’कप्तान अनिलले भने, ‘तर, खेलिसकेपछि कोही पनि हार्न चाहँदैनन्,त्यसैले हामी पनि जित्नैका लागि खेल्ने छौं।’

नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठका अवसरमा कलरबाथ नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा)ले संयुक्त मैत्रीखेलको आयोजना गरेको हो। फ्रेन्ड्स अफ जापान टोलीमा जापानी राष्ट्रिय टोलीका पूर्व खेलाडी, जे लिग तथा विभिन्न देशका क्लबमा आवद्ध व्यावसायिक खेलाडी सामेल छन्। जापानी टोलीको नेतृत्व काजुयुकी तोडाले गर्नेछन्। उनीजापानले सन् २००२ विश्वकप खेल्दा राष्ट्रिय टोलीमा थिए। उनले इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामबाट पनि खेलिसकेका छन्।

नेपालका जापानी प्रशिक्षक ग्योटुको कोजीले जापानी टोलीमा तोडा र नोजावा योसुकी (गोलकिपर) राम्रो खेलाडी भए पनि धेरै नयाँ खेलाडी भएकाले टोलीबारे आफू राम्रो जानकार नरहेको बताए।

‘तोडा र योसुकी राम्रा खेलाडी हुन् तर टोलीमा नयाँको वर्चस्व छ। यसैले उनीहरूको टोलीबारे म राम्रो जानकार छैन। यद्यपि शनिबार रोमाञ्चक खेल हुनेमा म विश्वस्त छु,’ प्रशिक्षक कोजीले भने।

भर्खरै एएफसी सोलिडारिटी कपको उपाधि जितेर फर्किएकाले टोलीमाथिदबाब छ भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो कुनै दबाब छैन।’

नेपालले सोलिडारिटी कप खेलेर फर्किएकै टोलीले जापानसँग खेल्नेछ। प्रशिक्षक कोजीले टोलीमा केही खेलाडी घाइते भएकाले सुरुआती ११ को बारे कुनै प्रतिक्रिया दिन चाहेनन्।

जापानी टोलीका मुख्य खेलाडी तथा प्रशिक्षकरहेका तोडाले कोजीले आफूलाई विद्यालयस्तरमा प्रशिक्षण दिएको स्मरण गर्दै नेपालमाआफ्नो गुरुलाई पराजित गर्ने दाबी गरे। ‘उहाँले हामीलाई विद्यालयमा प्रशिक्षण दिनुभएको थियो। उहाँ मेरो बाल्यकालको गुरु हो तर शनिबार उहाँलाई नेपालको प्रशिक्षकमा पाउँदा खुसी लागेको छ। मैत्री खेलमा उहाँलाई हराउने छौं,’ तोडाले भने, ‘मैले एक साताअघि लाओस र ब्रुनाईविरुद्ध नेपालले खेलेको हेर्न मौका पाएको थिएँ। नेपाल एक अनुशासित टोली हो। उनीहरूविरुद्ध खेल्न हामी तयार छौं।’

सातदोबाटोस्थित मैदानमा हुने खेलबाट संकलित रकम भूकम्पप्रभावित जिल्लाका खेलकुद विकास र विद्यालय पुनर्निर्माणमा खर्च गरिने आयोजक कलरबाथले जनाएको छ। नेपाल बसाइका क्रममा भूकम्प प्रभावित विश्व सम्पदा सूचीका क्षेत्रको अवलोकन गर्नेछ।

जापानी टोलीका कप्तान तथा गोलकिपर योसुकीले जापानमा पनि बारम्बार भूकम्प गइरहने स्मरण गराउँदै शनिबारको खेलबाट नेपालीले एक दिन भए पनि पीडा बिर्सिएर मनोरन्जन लिनेमा आफू विश्वस्त रहेको बताए।

प्रकाशित: ४ मंसिर २०७३ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App