काठमाडौं – कुनै पनि व्यक्ति मानसिक या अन्य शारीरिक वा मनोसमस्याका कारण आत्महत्याको बाटो रोज्न खोज्छन्। आत्महत्याको सोच आउने बेला उनीहरुमा जीवन बेकार छ, अब बाँच्नुको कुनै आधार छैन भन्ने जस्ता सोचमा मनमा घरिघरि आउँछ।
यस्तो सोच रोक्नका लागि मनोसामाजिक चिकित्सकको आवश्यकता पर्छ। जीवनको कुनै क्षण यस्ता नकरात्मक सोच आयो भने तपाईंले सिधै यो नम्बरमा फोन गर्न सक्नुहुन्छ। जहाँ तपाईंको समस्याको समाधान दिने विशेषज्ञ तथा विज्ञहरु २४ सै घण्टा उपलब्ध हुनेछन्।
मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम केन्द्रले मंगलबारदेखि हेल्पलाइन सेवा सार्वजनिक गरेको हो। केन्द्रले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सो हेल्पलाइन सेवा सुरु गरिएको हो। निरासा वा आत्महत्याको कुनै सोच आएका व्यक्तिले केन्द्रले उपलब्ध गराएको नम्वर १६६००१२२२२३ मा फोन गर्न सक्नेछन्।
यो नम्बरमा फोन गरेबापत कुनै पनि शुल्क लाग्दैन। हालको लागि यो सेवा नेपाल टेलिकमको नम्बर प्रयोगकर्ताको लागि मात्र उपलब्ध छ र निकट भविष्यमै एनसेल प्रयोगकर्ताको लागि पनि फोन गर्न मिल्ने सुविधा हुनेछ। आत्महत्या रोकथामकै लागि भनेर सञ्चालन गरिएको यो हेल्पलाइन सेवा नेपालमा पहिलो हो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
यसमा तपाईको मत