१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आगामी फेब्रुअरीमा 'नाइस'

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी फेब्रुअरी २१ देखि २४ सम्म नेपाल–इन्डिया–चाइना एक्सपो (नाइस) आयोजना गर्ने भएको छ।

तीनवटा मुलुक समावेश भई पर्यटन एक्सपो आयोजना गर्न लागेको यो सम्भवतः विश्वकै पहिलो घटना भएको पाटाले जनाएको छ।

नाइस नेपालको पर्यटन प्रवद्धधन तथा विकासका लागि सबैभन्दा महŒवपूर्ण निकट छिमेकी पर्यटन स्रोत बजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी, सरोकारवाला सरकारी निकाय एवं संघ–संस्थालाई एकै थलोमा ल्याई आपसी व्यापार प्रवद्र्धधन, सम्पर्क सञ्जाल विस्तार तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गराउन प्रेरित गर्ने महŒवपूर्ण मञ्च बन्ने पाटाले बुधबार काठमाडौंमा पत्रकार सम्मेजलन गरी जानकारी गराएको छ।

‘दक्षिण एसिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवं बृहत् पर्यटन स्रोत बजारको बीचमा रहेको नेपालको भौगोलिक अवस्थिति, ऐतिहासिक, सांस्कृतिक, जैविक विविधता एवं प्राकृतिक सौन्दर्य यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि महŒवपूर्ण आधार हो,’ पाटाको विज्ञप्तिमा भनिएको छ, ‘चीन र भारत विश्वकै दुई ठूला बृहत् पर्यटन स्रोत बजार हुनुका साथै नेपालका निम्ति पनि प्रमुख पर्यटक आगमन हुने र प्रचुर सम्भावना भएका पर्यटकीय स्रोत बजार हुन्।’

सन् २०१८ को तथ्यांक अनुसार चीनबाट वार्षिक १५० मिलियन पर्यटकले विश्व भ्रमण गर्छन्। यसको ०.१ प्रतिशत मात्र नेपाल आइपुगेका छन्। यता, विदेश यात्रा गर्ने २५.८५ मिलियन भारतीयमध्ये ०.७५ प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन्। दुई छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले सम्भावना अनुरुप अपेक्षित लाभ लिन नसकेको प्रस्ट छ।

लामो समयदेखि नै छिमेकी राष्ट्रहरु भारत र चीनसँग नेपालको दुईपक्षीय व्यापार एवं पारस्परिक सम्बन्ध छ। तर, त्रिदेशीय पर्यटन प्रवद्र्धनका निम्ति यथोचित पहल नभएको सन्दर्भमा नाइस कार्यक्रमले तीनवटै मुलुकबीच विद्यमान एकीकृत पर्यटकीय सम्भावना र व्यापारिक अवसर उत्थान एवं सहजीकरण गर्दै तीन देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाटाको विश्वास छ।

नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महŒवपूर्ण आधारशीला तयार पार्ने अपेक्षा छ।

उक्त एक्सपोमा २०० भन्दा बढी क्रेता, सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, विज्ञ वक्ता लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघ–संस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी हजारभन्दा बढी सहभागी हुने पाटाको अपेक्षा छ।

प्रकाशित: २६ भाद्र २०७६ ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App