coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

‘दुई नम्बरीले संसद कब्जा गरे, कोही कम्युनिस्ट रहेनन्, कांग्रेस डम्पिङ साइटजस्तो’

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण विडारीले २ नम्बरी ठेकेदारले संसद कब्जा गरेको बताएका छन्। संघीय संसद र प्रदेशसभामा पेटी ठेकेदारले वर्चश्व जमाउँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। 

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै सांसद विडारीले भने, ‘पेटी ठेकेदारहरु अरबपति भए, नेतालाई किने, संसदमा पुगेर कब्जा गरे। सबैले होस गर्नुपर्ने बेला आएको छ।’

विडारीले रिक्सावालाले पनि चुनाव लड्न पाउनुपर्ने बताए। ‘मुसो र हात्तीलाई एक एक टन फलाम बोकाएर समानताको कुरा गरेर हुन्छ। मुसो त कच्याक कुचुक हुन्छ। यहाँ २ नम्बरी ठेकेदारहरुले सबै कब्जा गरे’, उनले भने। 

ठेकेदारहरु जुनसुकै समय पनि शीर्ष नेता भेट्ने, किसान, वडास्तरको कार्यकर्ताले भेट्न महिनौ लाग्ने? यो अन्त्य हुन जरुरी रहेको उनको भनाई छ। मेलम्ची खानेपानी परियाेजना प्रचण्डका घरबेटीले पाएकाे कुरा थाहा नभएकाे उनकाे भनाइ छ। प्रचण्डका घरबेटी ठेकेदारले कुनै परियाेजना पाउनै नहुने भन्ने पनि नभएकाे उनले तर्क गरे। 

वरिष्ठ कानुन व्यवसायी समेत रहेका विडारीले प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षीको रोल खेल्न नजानेको बताए। ‘किनकी उ प्रतिपक्षीमा बसेको धेरै भएको छैन। सधै सत्ता बसेको थियो’, उनले भने, ‘विरोध गर्ने बलियो आधार हुनुपर्यो नी। जति विरोध गरे सबै फासफुस भए।’

इख नभएको सरकार भनेको सरकारमा राम्रो काम गर्ने भावना नहुनु भएको उनको भनाई छ। 

विडारीले कम्युनिस्ट सिद्धान्तमा विग्रिँदै गएको बताए। सिद्धान्ततः कोही पनि कम्युनिस्ट नभएको उनको भनाई छ। कम्युनिस्ट पार्टीको नामको सरकार मात्रै रहेको उनको भनाई छ।

विडारीले नेपाली कांग्रेस पार्टी डम्पिङ साइडजस्तो भएको टिप्पणी गरे। ‘पुँजीवादी हिसाबले कांग्रेस कांग्रेस रहेन, विग्रेका पञ्च त्यहीँ, राजावादी त्यहीँ जान थाले। यो त डम्पिङ साइड जस्तो भयो’, उनले भने।

उनले आफ्नो बोल्ने शैली २०३१ सालदेखिको अभ्यास भएको भन्दै आफूलाई युनिक नलाग्ने बताए। 

सरकार संसदप्रति जवाफदेही नभएकाेमा असन्तुष्टि जनाउँदै संसदीय व्यवस्थामा सरकार जिम्मेवार बन्नुपर्ने उनकाे भनाइ छ। सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाे तर काम गरिरहेकाे उनले जिकिर गरे।

प्रकाशित: २५ भाद्र २०७६ १८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App