coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आह्वान

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई पुनः आह्वान गरेका छन्। अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने उल्लेख गर्दै लगानीको क्षेत्र बढाउन अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन्।

उनले नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गरिरहेको दावी पनि गरे। नेपाल पूर्वाधार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उहाँले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संरचनागत दुवै आधार तयार भएको पनि स्पष्ट पारे। अर्थमन्त्री खतिवडाले नेपाल सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिका लागि पूर्वाधार विकास, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिएको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले नेपालको जलस्रोत, उर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गरे जो सकैले पनि उच्च मुनाफा आर्जन गर्न सक्ने पनि बताए।

प्रकाशित: २५ भाद्र २०७६ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App