८ वैशाख २०८१ शनिबार
समाज

खुकुरी प्रहारबाट एक घाइते

खोटाङ– खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बलराम कट्वाल घाइते भएका छन्। सामान्य विवादका क्रममा छिमेकी दिनेश कट्वालले प्रहार गरेको खुकुरीले लाग्दा ४३ वर्षीय बलराम घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। 

मंगलबार राती छिमेकीलाई खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टाउकोमा चोट लागेका बलराम उपचारपछि डिस्चार्ज भएको बताइएको छ। प्रहरी नियन्त्रणमा रहेका दिनेशको अनुहारमा पनि चोटपटक देखिएको डिएसपी गौतमले बताए।

प्रकाशित: २५ भाद्र २०७६ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App