राष्ट्रियसभाको शून्य समयमा कसले के भने ?

बुधबार, २५ भदौ २०७६, १४ : २३ नागरिक

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।

नवलपरासीमा कार्यालय हिँडेकी युवतीमाथि १० जनाको समुहले सामुहिक बलात्कार, रसुवाका ११ र ६ वर्षीया बालिकाको बलात्कार भएको भन्दै उनले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जाँदा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी गरे।

त्यसैगरी, मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिँडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भएपनि अपराधीलाई फाँसीको सजायको व्यवस्था गर्न माग गरिन्।

सांसद नैनकला ओझाले मोरङ्गको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए पनि २५ बर्ष देखि काम सुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद प्रकाश पन्थले बैठकमा सांसदहरुले उठाएको सवालको सम्बन्धीत मन्त्रालयले जवाफ दिनेतर्फ गम्भीर नभएको भन्दै संसदीय मामिला हेर्ने कानुन मन्त्रालय र सम्बन्धीत निकायको ध्यानाकषण गराए।

सांसद बलराम प्रसाद बास्कोटाले हरेक चाडपर्वमा र्कितिम अभाव श्रृजना हुने, गुणस्तरहिन सामान र खाद्यान्नमा मिसावट हुने गरेको भन्दै त्यसतर्फ समयमै सोच्न सरकारको ध्यानार्षण गराए।

सांसद मिना बुढाले रोल्पा जिल्लाको शहीद मार्ग पहिरोका कारण अवरुद्ध भएको भन्दै पहिरो हटाई सवारी यातायात सुचारु गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद युटोल तामाङ्ग मुगु जिल्लाका बाढी पहिरो प्रभावितका लागि क्षतिपुर्ति तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad