७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतसँग जोडिएका सीमा बन्द गरेर आवतजावतलाई व्यवस्थित गरौं : भुसाल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन्। बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भारतसँग जोडिएका सीमालाई व्यवस्थित गरेर आवतजावतमा परिचयपत्रको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। हवाई यात्रामा जस्तै गाडी र पैदल यात्रीलाई पनि परिचपयत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ।

उनले सीनामा मिचिइरहेको तर्फ समेत चिन्ता व्यक्त गरिन्। दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमालाई व्यवस्थित गर्नुपर्ने बताइन्। भारतीय सीमा सुरक्षा बलले जबरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ सांसद भुसालको भनाई थियो।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए।

उनले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए। नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामिप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने उनको तर्क छ।

प्रकाशित: २५ भाद्र २०७६ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App