अन्जनको गोलमा नेपाल विजयी

बुधबार, २५ भदौ २०७६, १३ : १२ सुमन चापागाई

चाइनिज ताइपेई  - अन्जन विष्टको दुई गोलप्रेरित नेपालले मंगलबार दोस्रो अवे खेलमा घरेलु टोली चाइनिज ताइपेईविरुद्ध २–० को सुखद नतिजाका साथ कतार विश्वकप २०२२ अन्तर्गत एसियाली छनोटमा अंक खाता खोलेको छ।

यसका साथै नेपालले  शुक्रबार पहिलो खेलमा कुवेतको घरेलु मैदानमा भोगेको ७–० को फराकिलो हारमा समेत मलम लगाएको छ। खेलको तेस्रो मिनेटमा अन्जनको गोलबाट नेपालले अग्रता लिएको थियो। ताइपेईका खेलाडीले रवि पासवानमाथि फाउल गर्दा नेपालले फ्रिकिकको अवसर पाएको थियो, जहाँ मिडफिल्डर सुजल श्रेष्ठले गरेको प्रहारलाई अन्जनले हेडरमार्फत जाली चुमाएका थिए। ६२औं मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर पारेको थियो। यस पटक पनि सुजल श्रेष्ठले दिएको पासलाई अन्जनले गोलमा परिणत गरेका थिए।

नेपालको जितमा नायक बनेको अन्जनले एकअर्काबिच राम्रो समझदारीका साथै टिमको प्रयासका कारण सफलता मिलेको बताए। साथै उनले कुवेतको तुलनामा मौसमले पनि साथ दिँदा शतप्रतिसत प्रदर्शन गर्न सफल भएको बताए।   नेपाली प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध उतारेको टोलीमा तीन खेलाडी परिवर्तन गरे पनि ४–५–१ कै रणनीतिलाई निरन्तरता दिएका थिए, जहाँ विमलले पुनः एक पटक एकल स्ट्राइकरको जिम्मेवारी पाए। अजित भण्डारी चोटका कारण टोलीमा थिएनन्। कालिनले रक्षापंक्तिमा दुई र मिडफिल्डमा १ परिवर्तन गरेका थिए। पहिलो रोजाइमा सुमन अर्याल र अजितको स्थानमा रञ्जित धिमाल र दिनेश राजवंशी तथा मिडफिल्डमा विक्रम लामाको स्थानमा अन्जनले अवसर पाएका थिए।

नेपालले कालिनको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा हात पारेको यो पहिलो जित हो। नियमित कप्तान विराज महर्जन फिटनेसमा असफल हुँदै टोलीमा अटाउन नसकेपछि गोलकिपर किरणले राष्ट्रिय टोलीको नेतृत्व पाएका थिए। मार्चबाट राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका कालिनको प्रशिक्षणमा यसअघि नेपालले मैत्रीपूर्ण खेलमा कुवेतसँग गोलरहित बराबरी खेलेका थियो भने जुनमा चाइनिज ताइपेईसँग १–१ को बराबरी खेलेको थियो।

मलेसियालाई भने नेपालले २–० को नतिजा सुम्पिएको थियो। त्यस्तै मलेसियाली लिग च्याम्पिनसँग पनि नेपाल निराश भएको थियो। नेपालका प्रशिक्षक कालिनले कुवेतविरुद्धको फराकिलो हारपछि आफूहरूसमक्ष घरेलु टोलीविरुद्ध जितको विकल्प नभएकाले स्पष्ट ३ अंकका लागि खेलेको र आफूहरुको रणनीति सफल भएको बताए।

‘कुवेतविरुद्धको खेलमा हामी खेलको सुरुआतबाटै गोल खाएपछि आतिएका थियांै। तर, आज भने सुरुआतमै गोल गर्दा मनोबल उच्च बन्यो,’ कालिनले भने, ‘हामीले पछिल्लो खेलमा भएका कमीकमजोरीलाई सुधार्दै ४–५–१ कै रणनीतिमा स्वाभाविक लयको प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान प्रवेश गरेका थियांै, जहाँ हामी सफल भयौं। रवि पासवानको राइट अट्याकिङ निकै उत्कृष्ट पनि रह्यो।’

‘अन्जन क्षमतावान् खेलाडी हुन् र आज उनले आफ्नो जिम्मेवारीलाई न्याय दिए,’ कालिनले थपे, ‘ताइपेई उत्कृष्ट टोली हो र उनीहरूलाई घरेलु मैदानमा हराउनु कठिन थियो। तर स्वभाविक प्रदर्शन र पाएका अवसरको सदुपयोग गर्दा जित सम्भव भयो।’

यता ताइपेईका प्रशिक्षक लुइस ल्यानकास्टरले नेपालले पाएका अवसरको सदुपयोग गर्दा जित हात पारेको प्रतिक्रिया दिए। ‘नेपाल उत्कृष्ट टोली हो र आज उनीहरूले सुदृढ प्रदर्शन गरे, ’ ल्यानकास्टरले भने, ‘फुटबल खेलमा क्षणमै नतिजा परिवर्तन हुन्छ। नेपालले पाएको अवसरलाई सदुपयोग ग¥यो। त्यसको विपरीत हामी पाएको अवसरलाई गोलमा परिणत गर्न असफल भयौं।’ जारी छनोट चरणमा ताइपेई घरेलु मैदानमा भोगेको यो लगातार दोस्रो हार हो। ताइपेई शुक्रबार जोर्डनसँग २–१ ले पराजित भएको थियो।

नेपालको जितमा नायक बनेको अन्जनले एकअर्काबिच राम्रो समझदारीका साथै टिमको प्रयासका कारण सफलता मिलेको बताए। साथै उनले कुवेतको तुलनामा मौसमले पनि साथ दिँदा शतप्रतिसत प्रदर्शन गर्न सफल भएको बताए।  ‘अन्जन क्षमतावान् खेलाडी हुन् र आज उनले आफ्नो जिम्मेवारीलाई न्याय दिए।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad