८ वैशाख २०८१ शनिबार
खेल

सावित्राको गोलबाट नेपाल फाइनलमा

काठमाडौं – स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलबाट नेपाल मंगलबार किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

समूहको अन्तिम खेलमा नेपालले ताजकिस्तानमाथि १–० को जित हात पारेको हो। ८६औं मिनेटमा सावित्राले गरेको गोल नेपाललाई फाइनल पु¥याउन पर्याप्त बन्यो। नेपालले समूहका ३ मध्ये २ खेलमा जित हात पार्दै ६ अंकका साथ दोस्रो स्थानमा बस्दै फाइनल प्रवेश गरेको हो। तीनै खेमा शतप्रतिशत नतिजा ल्याएको उज्बेकिस्तान यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८–२ को प्रभावशाली जित हात पारेको नेपाल सोमबार दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० ले पराजित भएसँगै फाइनल प्रवेशका लागि अन्तिम खेलसम्म कुर्नुपर्ने भएको थियो। लगातार २ हारपछि आयोजक किर्गिस्तान बाहिरिएसँगै ताजकिस्तान र नेपालबीचको विजेताले फाइनल प्रवेश गर्ने थियो। पहिलो खेलमा उज्बेकिस्तानसँग १२–० ले पराजित ताजकिस्तानले सोमबार किर्गिस्तानमाथि जितका साथ फाइनल प्रवेश सम्भावना जीवित राखेको थियो।

ताजकिस्तानसँग जितको विकल्प थिएन भने नेपाललाई बराबरीको नतिजा पनि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त थियो। फाइनल भदौ २६ गते हुनेछ।
नेपालका प्रशिक्षक हरि खड्काले यस प्रतियोगितालाई घरेलु मैदानमा मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रूपमा हेरेको बताउँदै आएका छन्।

 

 

प्रकाशित: २५ भाद्र २०७६ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App