६ वैशाख २०८१ बिहीबार
समाज

प्राविधिक शिक्षामा जर्मनी चासो

काठमाडौं  – नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जर्मनगैरसरकारी संस्थाहरुले चासो दिएका छन्। जर्मनीको कोलनमा आयोजित २१ औं गैरसरकारी संस्थाको सम्मेलनमा नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने निष्कर्ष निकालेका हुन्। त्यसका लागि जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले सहयोगका लागि चासो समेत देखाएका छन्।

जर्मनी नेपाल मैत्री संघको आयोजनामा भएको सम्मेलनमा नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेफरले जर्मनीले प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाटै आर्थिक विकास गर्न सकिने धारणा राखे। नेपालमा पनि प्राविधिक शिक्षा प्रवद्धन गर्न जर्मनी सरकार तयार रहेको उनले बताए। नेपाल आर्थिक समृद्धिको बाटोमा लम्किरहेकाले जनाउँदै उनले पर्यटन, कृषि र रोजगारीमूलक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्नका लागि प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने तर्क गरेका हुन्।

कार्यक्रममा नेपालका लागि जर्मनीका महाबाणिज्य दूतसमेत रहेका जर्मनी नेपाल मैत्रीसंघका अध्यक्ष रामप्रताप थापाले नेपालको प्राविधिक शिक्षाका क्षेत्रमा काम गर्न जर्मनीमा रहेका संघसंस्थाहरु इच्छुक रहेको सुनाए। विदेशमा रहेर स्वदेशमा शिक्षा क्षेत्रलाई सबल बनाउन आपूmहरुले प्राविधिक शिक्षामा जोड दिँदै कार्यक्रमहरु सञ्चालन गर्ने धारणा राखे। गेपर्ट हाइड्रोपावरका डाइरेक्टर पवन ढकालले नेपालमा प्राविधिक शिक्षाबिना विकास सम्भव नभएको भन्दै आपूmले शेषकान्त फाउन्डेसनमार्फत प्राविधिक शिक्षालयको सुरुवात गर्न लागेको बताए।

कार्यक्रममा गैरआवासीय नेपाली सघंका पूर्वअध्यक्ष जीवा लामिछानेले विश्वका ८० बढी देशमा रहेका गैरआवासीय नेपालीले आफ्नो जन्मभूमिको विकासमा सहयोग र सहकार्य गर्न तत्पर रहेको धारणा राखे। कार्यक्रममा नेपालका तर्फबाट कान्तिपुर टेलिभिजनका पत्रकार पोषनाथ अधिकारीले नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा जर्मनीमा रहेका विभिन्न संस्थाका ६० जना बढिको सहभागिता थियो।

प्रकाशित: २५ भाद्र २०७६ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App