दूषित पानीका कारण दुर्लभ वन्यजन्तु जोखिममा

बुधबार, २५ भदौ २०७६, ०८ : २३ निर्मल घिमिरे

बर्दिया - दूषित हुँदै गएको कर्णाली नदीको पानी पिउँदा बर्दिया राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तुमा रोग संक्रमणको खतरा बढेको छ। चुरे क्षेत्रबाट तराई झर्ने प्रवेशद्वार चिसापानीस्थित कर्णाली नदीकिनारमा बढिरहेको मानवीय अतिक्रमणका कारण दूषित भएको पानीले दुर्लभ वन्यजन्तुमा रोगको संक्रमण फैलाउने खतरा बढेको हो।

पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको चिसापानीस्थित कर्णाली पुल चिसापानी बजारमा भइरहेको व्यवसाय विस्तारसँगै नदी प्रदूषित बन्दै गएको छ। दूषित पानीले वन्यजन्तुमा रोगको संक्रमण देखा परिरहेको सरोकारवाला बताउँछन्। दूषित पानीकै कारण वयस्क बाघसमेत रोगको संक्रमणमा परेको संरक्षणकर्मीले औंल्याएका छन्।

भदौ ५ गते गेरुवा गाउँपालिका–४ की रामकली शाहीलाई पाटेबाघले आक्रमण ग¥यो। बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएकी शाहीलाई दारा धसेर बाघ भागेको थियो। घटनास्थल हेर्दा बाघ अशक्त भएकै कारण आहारा छाडेर भागेको निकुञ्जका कर्मचारीकोे अनुमान छ। यस्तै, भदौ ८ गते ठाकुरबाबा नगरपालिकाका पहारी थारुको बाघको आक्रमणबाट मृत्यु भयो। थारुलाई आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले तत्कालै समात्यो। निकुञ्जले नियन्त्रणमा लिएको बाघ आफैं अशक्त थियो। अशक्त सो बाघ उपचारका क्रममा म-यो। सामान्य घाउचोट लागेको सो बाघ फोक्सोमा देखिएको संक्रमणका कारण मरेको निकुञ्जले जनाएको छ।

प्लास्टिक, महिलाले प्रयोग गरेको प्याड र दूषित पानी नै दुर्लभ वन्यजन्तुमा रोगको संक्रमण देखिनुको मुख्य कारण।

दुई घटनापछि गरिएको प्राविधिक अनुगमबाट यतिखेर निकुञ्जमा बुढा तथा अशक्त (रोगी) बाघ वा अन्य वन्यजन्तुको संख्या बढेको कर्मचारीको अनुमान छ। बाघले सफा पानी मात्र खाने निकुञ्जका वन्यजन्तु चिकित्सक चित्रबहादुर खड्काले बताए। ‘बाघले मासुमा लटपटिएको वस्तुमात्र खाने गर्छ,’ उनले भने, ‘प्लास्टिक खाएका मृग प्रजातिका जनावर बाघले खाएमा बाघ संक्रमण र रोगी हुन्छ।’ दूषित पानीकै कारण बाघमा रोगको संक्रमण बढेको निकुञ्ज स्रोतले बतायो। प्लास्टिक र महिलाले प्रयोग गरेको प्याड खाएमा बाघलाई फोक्सोमा संक्रमण हुने र क्यान्सर हुन सक्छ। ‘प्लास्टिक, महिलाले प्रयोग गरेको प्याड र दूषित पानी नै दुर्लभ वन्यजन्तुमा रोगको संक्रमण देखिनुको मुख्य कारण हो,’ उनले भने।

पछिल्लो समय आकर्षक पर्यटक गन्तव्यका रूपमा परिचित चिसापानी पुलमा दैनिक हजारौं संख्यामा पर्यटक पुग्ने गरेका छन्। माछाको परिकारका लागि प्रसिद्धि कमाएको सो क्षेत्रमा ठूला–ठूला होटल सञ्चालनमा ल्याइएका छन्। सिद्धार्थ ग्रुपले पनि सुविधा–सम्पन्न होटल सञ्चालन गरेको छ। तर चिसापानीमा सञ्चालित कुनै पनि होटलको ढल व्यवस्थापन गरिएको छैन। स्थानीयले बजारको ढल तथा फोहोर सोझै कर्णाली नदीमा मिसाउने गरेका छन्।

चिसापानी पुग्ने जो कोही पनि नदीमा नुहाउने जाने गर्छन्। पाँच सय घरधुरीमा बसोबास रहेको चिसापानीका स्थानीयको कपडा धुने, नुहाउने स्थल पनि कर्णाली नदी नै हो। यसरी दैनिक सरसफाइसहित ढलको पानी सोझै कर्णाली नदीमा मिसिने भएकाले त्यसको प्रत्यक्ष असर बर्दिया निकुञ्जका दुर्लभ वन्यजन्तुमा परेको छ। प्रदूषणका कारण रोागको संक्रमण बढ्दा दुर्लभ वन्यजन्तुको संरक्षणमा चुनौती पनि थपिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले विस्तार गरेपछि बर्दियामा बाघको संख्या बढेको छ। बाँके राष्ट्रिय निकुञ्ज विस्तार भएपछि बाघको बासस्थान बढेको निकुञ्जले जनाएको छ। बाघका लागि निर्बाध रूपमा हिँड्ने टेरिटोरी (क्षेत्र) बढेपछि बर्दिया र बाँके निकुञ्जमा बाघ संख्या बढेको छ। देशकै कान्छो बाँके निकुञ्जमा बाघ संख्या २१ वटा पुगेको छ। पछिल्लो समयमा निकुञ्जभित्र बाघको संख्या बढ्दै गएपछि पूर्व–पश्चिम राजमार्गको अम्रेनी र चिसापानी पोस्टनजिक बाटोमा भाले बाघ आएर बस्ने गरेका छन्।

चिसापानीमा मानवीय अतिक्रमण बढेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। ‘चिसापानीमा डुंगाबाट गर्ने फिसिङ (माछा मार्न) पूर्ण रूपमा रोक लगाएका छौं,’ उनले भने, ‘कारबाही गर्ने क्रममा डुंगा नियन्त्रणमा लिएका थियौं तर स्वच्छ नदीमा बढिरहेको मानवीय अतिक्रमण बढिरहेको छ।’ उनका अनुसार अतिक्रमण गरेर बसेको बस्तीका कारण नदी व्यवस्थापन गर्न सकिएको छैन। निकुञ्जमा आर्थिक वर्ष २०७४÷०७५ मा पाँचवटा र २०७५÷०७६ मा दुईवटा गरी ७ वटा गैंडा मरेका छन्। निकुञ्जले बबई क्षेत्रमा जंगली जनावरले खाने पानीका लागि ८६ वटा पोखरी खने पनि पर्याप्त छैन। पछिल्लो गणनामा गैंडाको संख्या ३५ भएको रेकर्डमा देखिन्छ। तर, अघिल्लो वर्ष गैंडा गणना नभएकाले निकुञ्जसँग गैंडाको यकिन तथ्यांक छैन।

नदीमा देखिँदैनन् डल्फिन
कर्णाली नदी चिसापानीदेखि दुई भँगालोमा विभाजित भएको छ। एउटा भँगालो कैलालीतर्फ बगेको छ भने अर्को भँगालो गेरुवा नदीका रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्छ। एक दशकअघिसम्म गेरुवा नदी डल्फिन हेर्ने गन्तव्यको रूपमा परिचित थियो। कोठियाघाट, मनाउँघाट, निकुञ्जभित्र पर्ने विभिन्न स्थानमा प्रशस्तै मात्रामा डल्फिन थिए। तर यतिबेला गेरुवा नदीबाट डल्फिन लोप भएको छन्। नदीमा बढ्दो मानवीय अतिक्रमण र प्रदूषणका कारण डल्फिन लोप भएको विज्ञहरू बताउँछन्। ‘एक दशकअघिसम्म गेरुवा नदीमा प्रशस्त मात्रामा सफा पानी बग्थ्यो,’ पूर्वसंरक्षण अधिकृत रमेश थापाले भने, ‘तर यतिबेला गेरुवामा पानी पनि कम बग्छ, मानवीय दोहनले नदी प्रदूषित बन्दै गएको छ। प्रदूषण बढेकाले माछा र डल्फिन लोप हुँदै गएका छन्.।’

मानव र वन्यजन्तुबीच द्वन्द्व
मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्वले दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्वका कारण तीनजनाको मृत्यु भएको छ। गाउँलेको पासोमा परेर दुईवटा बाघको मृत्यु भएको छ। यसैसाता सूर्यपटुवामा विद्युतीय धरापमा पर्दा एउटा जंगली हात्ती घाइते भएको थियो। वन्यजन्तुले बेलाबेलामा गाउँ घरमा पसेर गर्ने बिज्याइँ र मानिसले आफूहरूलाई बचाउनका लागि गर्ने प्रयासले दुर्लभ वन्यजन्तु र मानिसको द्वन्द्व बढेकोे छ।

निकुञ्ज छेउछाउ, सामुदायिक वनका जंगली जनावर र गाउँ–बस्तीमा पसेर गर्ने आक्रमणको त्रास मानिसलाई जति छ त्यति नै आफ्नो रक्षाका लागि स्थानीयले ज्यान जोगाउन अपनाउने घरेलु प्रविधिवाट दुर्लभ वन्यजन्तुलाई जोखिम बढिरहेको छ। दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौति बढिरहे पनि बस्तीमा छिर्न सक्ने ठाउँमा अव्यवस्थित रूपमा रहेको विद्युतीय तारबारका कारण वन्यजन्तु र स्थानीयको अकालमा मृत्यु हुने गरेको छ।

विद्युतीय तारबार लगाएको प्रभावकारी उपयोग गर्न सके मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुने प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन्। ‘बस्ती पसेको वन्यजन्तु भगाउने प्रयास गर्दा आक्रमण गर्न सक्छ। मानवीय त्रुटिका कारण मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको हो,’ बरालले भने, ‘नगदे बाली जोगाउन किसानले विद्युत प्रवाह गर्छन्, जसमा परेर ज्यान गुमाउने वन्यजन्तुलाई जोगाउनु चिन्ताको विषय बनेको छ।’








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad