८ वैशाख २०८१ शनिबार
समाज

माइक्रोबाइलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं – नेपालमा पहिलोपटक क्ल्निकल माइक्रोबाइलोजीसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेप्लिज एसोसिएसन अफ क्ल्निकल माइक्रोबाइलोजिस्ट (एनएसिएम)को आयोजनामा भदौ २६ र २७ मा काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

माइक्रोबाइलोजिस्टको दयरा प्रयोगशालामा रोगको पहिचान, अनुसन्धान र चिकित्साशास्त्रका विद्यार्थीका पठनपाठनमा मात्र सिमित नराखी रोगलाई व्यापक र सबैलाई जानकारी दिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको एनएसिएमका अध्यक्ष प्राडा. बालमानसिंह कार्कीले बताए। सम्मेलनमा नेपाल भारत, लेवनान, संयुक्त अधिराज्य र थाइल्याण्डलगायतका विज्ञहरुले अनुभव साटासाट गर्नेछन्।

विश्वव्यापी रुपमा बढ्दो सरुवा रोग र त्यसका कारक सूक्ष्म जीवाणुको प्रकोपको न्यूनीकरण, प्रयोगशाला प्रविधि तथा चिकित्सा विज्ञानको संयोजन गर्नु आफूहरुको प्रयास रहेको कार्कीले बताए। ‘बिरामीलाई दिइने एन्टिबायोटिक्स उपयुक्त भए/नभएको, किटाणुसँग जुध्न सक्षम हुने÷नहुने र कुन समयमा कसरी प्रयोग गर्नेजस्ता गहन तथा अत्यावश्यक जानकारी बिरामीको उपचारमा संलग्न आफ्ना सहकर्मीहरुलाई उपलब्ध गराउने जिम्मेवारी समेत क्ल्निकल माइक्रोबाइलोजिष्टको हो,’ कार्कीले भने। यसबाहेक स्वास्थ्य संस्थामार्फत सर्ने रोगहरुको नियन्त्रण तथा रोकथाम, जनस्वास्थ्यसँग सम्बन्धित संक्रामक रोगको प्रकोपको तत्काल पहिचान तथा रोकथाममा क्ल्निकल माइक्रोवाइलोजिष्टको भूमिका महत्वपूर्ण मानिन्छ।

विश्वमा भएका सूक्ष्म जिवाणु र संक्रमण बारेका नयाँ खोज, अनुभवलाई सम्बन्धित सबैमा पु¥याउने, आजको परिस्थितिका आधारमा भविष्यमा के कस्ता कार्यक्रम जनहितमा सिफारिस गर्ने भन्ने सम्मेलनको उद्देश्य छ। सम्मेलनले चिकित्सक र क्ल्निकल माइक्रोवाइलोजिस्टबीचमा रहेको दूरीलाई घटाएर एक अर्काको भूमिका पहिचान गरी सरुवा रोग नियन्त्रणमा एकजुट भई लाग्न प्रेरणा दिने संस्थाकी महासचिव प्राडा. रितु अमात्यको भनाइ छ। सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय दुई सय विज्ञ सहभागी हुनेछन्।

प्रकाशित: २५ भाद्र २०७६ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App