फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

शुक्रबार, ०३ मङि्सर २०७३, १८ : ३२ नागरिक

काठमाडौं—त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ। 

स्ववियु निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई सफल बनाउने र निर्वाचनसम्बन्धी केही आचारसहिंताका बारेमा विद्यार्थी सङ्गठनसँग छलफल गरिएको त्रिविका उपकुलपति डा.तीर्थ खनियाँले जानकारी दिए। 

'फागुनमा निर्वाचन गर्नेमा विद्यार्थी सङ्गठनमा विवाद देखिएन', उनले भने, 'सबै सकारात्मक हुनुहुन्छ। मिलेर निर्वाचन गर्नेमा सहमत हुनुहुन्छ। त्यसैले निर्वाचन हुन्छ।' 

उमेर हदका बारेमा त्रिवि सभाले निर्णय गर्ने जानकारी उनले दिए। निर्वाचनमा २८ वर्ष उमेर हदबन्दीको विषयलाई लिएर विद्यार्थी सङ्गठनबीच विवाद हुँदै आएको छ। 

आचारसंहितामा निर्वाचन भड्किलो नबनाइने, सभा गर्न नपाइने, क्याम्पस स्वयंले नै उम्मेदवारको परिचयात्मक कार्यक्रम गर्ने, कुनै सङ्गठनमा उम्मेदवारको विवाद भएमा केन्द्रीय नेतृत्वले मिलाउने, समानुपातिकको सूची पहिल्यै बुझाउनुपर्ने जस्ता कुरा उल्लेख गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए।

आचारसंहितामा स्ववियुमा निर्वाचित भइसकेपछि बदमासी गर्ने स्ववियु पदाधिकारीलाई फिर्ता बोलाउन सक्ने व्यवस्था गर्न त्रिविसँग माग गरिएको पनि बताए।

विसं २०६५ यता त्रिविमा स्ववियु निर्वाचन हुन सकेको छैन। त्रिविले पटक पटक निर्वाचन घोषणा गरे पनि स्थगन हुँदै आएको थियो। छलफलमा नेविसङ्घका महामन्त्री सरोज थापा, अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने लगायत १६ सङ्गठनका प्रतिनिधिको सहभागिता थियो। रासस








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad