नेपाल–जापान मैत्रीपूर्ण फूटबल खेल शनिबार

शुक्रबार, ०३ मङि्सर २०७३, १८ : ४६ नागरिक

काठमाडौँ– नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार यहाँ ‘च्यारिटी’ फुटबल खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्ने छन्। तीमध्ये टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेलेका थिए।

काठमाडाैंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टोली दबाबका बीच मैदानमा उत्रिए पनि जितकै लागि खेल्ने बताए। उनले भने, “हाम्रो टोलीका केही खेलाडी घाइते भए पनि हामी जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छौंँ। हामीले विदेशमा भर्खरै उपाधि जितेका छौं, देशमा खेल्दा पनि त्यही दोहोर्याउने छौं।”

टोलीको प्रशिक्षकको जिम्मेवारी समेत लिनुभएका खेलाडी काजुयुकीले आफूहरु जित्नका लागि नेपाल आएको बताउँदै भने, “मैले भर्खरै सम्पन्न सोलिडारिटी कप अन्तर्गत नेपालले ब्रुनाई र लाओससँग खेलेको खेल हेरेंँ । त्यसैले उनीहरु (नेपाल)सँग आमनेसामने हुँन हामीले राम्रो तयारी गरेका छौंँ ।” उनले वर्तमान नेपाली प्रशिक्षक रहेका जापानी कोजी आफ्नो युवाकालको प्रशिक्षक रहेकाले उनको टोलीसँग खेल्न उत्साहित रहेको बताए।

नेपाली टोलीका कप्तान अनिल गुरुङले थकानका बीच पनि आफ्नो टोली जापानी टोलीसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताए।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा अपराह्न २ बजे खेल सुरु हुनेछ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad