नेपाल-मलेसियाकाे संयुक्त बैठक सुरू, दुवै देश आफ्नै अडानमा

मङ्गलबार, २४ भदौ २०७६, २२ : १२ नागरिक

काठमाडाैं- लामाे समयदेखि बन्द रहेकाे मलेसिया रोजगार खाेल्न बसेको दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको पहिलो दिनको बैठक निष्कर्षविहीन बनेकाे छ। दुई देशबीच श्रम सम्झौता भएपछि दोस्रो पटक बसेको प्राविधिक समितिको संयुक्त बैठकमा दुवै देशका अधिकारी आफ्नो अडानबाट टसमस नभएपछि पहिलो दिनको बैठक भोलि पुनः बस्ने गरी सम्पन्न भएकाे हाे। 

नेपाली पक्षको नेतृत्व गर्दै वार्तामा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव रामप्रसाद घिमिरेले भोलि पुनः बैठकमा बस्ने गरि आजको बैठक सकिएको जानकरी दिए। 'बैठकमा दुवै पक्षले आ-आफ्नो धारणा सौहार्द रुपमा राखेका छौं। आजै केही निचोडमा पुगिसकिएको छैन। भोलि केही निष्कर्ष आउँला', उनले भने।

तर आजको वार्तामा सहभागी एक मलेसियाली अधिकारीले बैठकमा नेपाली पक्षको प्रस्तुतिप्रति असन्तुष्टि जनाएका छन्। नेपाली पक्षको भोलिको प्रस्तुतिमा वार्ताको निष्कर्ष निर्भर रहने बैठकपछि ति अधिकारीले बताए। संयुक्त बैठकमा स्वास्थ्य परीक्षण, सुरक्षा गार्ड र घरेलु कामदारको विषयमा छलफल भए पनि मुख्य एजेन्डा भने स्वास्थ्य परीक्षण गर्ने संस्था नै रहेको थियो।

हामीले बन्द गरेका छैनौं: मन्त्री सेगरन

मलेसियाका मानव संशाधन मन्त्री एमएस कुलासेगरनले नेपालीका लागि मलेसियाको ढोका सधैं खुला रहेको बताएका छन्। दुई देशबीच सम्पन्न श्रम सम्झौताले नै सबै विषय समेटेको उल्लेख गर्दै मन्त्री सेगरनले सम्झौता कार्यान्वयनमा मलेसिया सधैं प्रतिवद्ध रहेको जनाए। 'हाम्रो तर्फबाट नेपाली कामदार लिन कुनै अवरोध छैन। स्वास्थ्य संस्थाको विषयमा हामीले यसघि पनि पत्र पठाएर प्रस्ट पारिसकेका छौं। अहिलेलाई नेपाल सरकारले छनोट गरेका १ सय २२ स्वास्थ्य संस्था मध्येकै ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्नेछन्। जुन संस्थाहरु बायोमेडिकल र एफडब्लुसिएमयस सफ्टवएर सँग जोडिएका छन्। नयाँ संस्थाहरुको हकमा यी सबै प्रक्रियाहरु पुरा गर्न केही समय लाग्ने भएकाले हाललाई ३६ वटा मार्फत स्वास्थ्य परीक्षण गराउँदै लैजाने। तर क्रमशः थप्दै लान हामी सकारात्मक छौं। यो कुरा मलेसियाली दूतावास मार्फत जानकारी गराइसकेका छौं।'

आजको वार्ता निष्कर्षमा नपुगे पनि भोलिको बैठकले केही निकास दिनेमा भने मन्त्री सेगरन आशावादी छन्। कामदार आपूर्ति गर्दा लाग्ने स्वास्थ्य परीक्षण,भिसा प्रक्रिया लगायत सबै खर्च मलेसियाली रोजगारदाताले व्यहोर्ने श्रम सम्झौतामै उल्लेख भएकाले मलेसियाली संयन्त्रबारे उठेको प्रश्नको जवाफ आफूसँग भन्दा पनि नेपाली पक्ष सँगै रहेको मन्त्री सेगरनको भनाइ छ। 

श्रम सम्झौतापछि कामदार आपूर्तिमा संलग्न विगतका संयन्त्र खारेज हुनु पर्ने नेपाली पक्षको मागलाई मलेसियाले अस्वीकार गर्दै हाललाई विगतकै संयन्त्र मार्फत कामदार लिने लिखित जवाफ विगत नौ महिना देखि पटक-पटक पठाउँदै आएको छ। पहिलो प्राविधिक समितिको बैठकमा सहमति भए अनुरुप मलेसियाले दुई देश सँगको परामर्शमा स्वास्थ्य संस्था छनोट गर्ने सहमति भए पनि नेपालले एकतर्फी रुपमा पुराना ३६ र नयाँ ८६ संस्था गरि १ सय २२ स्वास्थ्य संस्था छनोट गरेर प्रस्ताव गरेकोमा असन्तुष्टि जनाएको छ। मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड र प्रक्रियाको बारेमा गत वर्ष नोभेम्बरमै दूतावास मार्फत जानकारी गराईसकेको उल्लेख गर्दै मन्त्री सेगरनले स्वास्थ्य परीक्षण कै विषयलाई जोडेर कामदार आउने क्रम रोक्नु उचित नहुने बताए।  

अबको विकल्प के?

१५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउने धेरै प्रयासहरु सार्थक नभैरहेका बेला आज र भोलि बस्ने प्राविधिक समितिको संयक्त बैठकले लामो समयको डेडलक अन्त्य गर्ने विश्वास गरिएको छ। तर पहिलो दिनको बैठकले मलेसिया रोजगारीको गाँठो नफुकाए पनि भोलि सकारत्मक परिणाम आउनेमा दुवै देशका अधिकारीहरु आशावादी छन्।

मलेसिया नेपाली कामदार आउन कुनै अवरोध नरहेको बताउँछ भने नेपाली पक्ष भेंडर र स्वास्थ्य संस्थाको टुंगो लगाउनु पर्ने अडानमा छ। दुवै देश आ-आफ्नै अडानमा रहँदा यो अवधिमा करिव डेढ लाख कामदार मलेसिया आउन पाएनन् भने ५० अर्ब भन्दा बढी रेमिट्यान्स नेपालले गुमाएको व्यवसायीको दाबी छ।

कामदार पठाउन आफूले पटक-पटक गरेको आग्रहलाई नेपालले वास्ता नगरेको भन्दै मलेसिया नेपालको विकल्प खोज्न अघि सरेको छ। अघिल्लो महिना मात्र मलेसियाका विदेश मन्त्री बंगलादेशबाट कामदार ल्याउने विषयमा छलफल गर्न बंगलादेश गएका थिए। नेपाल खुल्नु अघि बंगलादेश खुलेमा त्यसको प्रत्यक्ष असर नेपालीले पाउँदै आएको रोजगारीमा पर्ने देखिन्छ।

नेपाल र मलेसिया कामदार लिने/दिने प्रक्रियामा सहमत भए पनि कामदार आपूर्तिको प्रक्रियालाई अब कुनै निकास निकालेर सुचारु गर्नुपर्छ। स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्याको अनुगमन गरेर थप्न मलेसियाले लिखित सहमति गरेर अघि बढ्नुपर्छ भने नेपाली पक्षले कामदार मलेसिया जाने ढोका उघारेर विनविन परिस्थितिको निर्माण गर्नुपर्ने वैदेशिक राेजगार क्षेत्रका विज्ञहरूकाे राय छ।  








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad