coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रक्सी पिएर अनमी कुट्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनस्थित थुमन स्वास्थ्य चौकीमा कार्यरत अनमी कृष्णा रसाइली सुनारलाई कुटपिट गर्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ परेका छन्। 

आइतबार राति अनमी सुनारलाई कुटपिट गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज त्रिभूवन सिंह घर्ती पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई सार्वजनिक हित विरुद्धको कसुरअन्तर्गत मंगलबार मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए। 

आफू बसेको कोठाको ढोका फुटाएर अश्लील शब्द बोल्दै हातपात गरेको पीडितले बताएकी छिन्। पीडितकाअनुसार उनको मोबाइल समेत इन्चार्ज घर्तीले लिएका थिए। उनले मादक पदार्थ सेवन गरेर राति ९ बजे अनमीमाथि कुटपिट गरेका थिए। 

प्रकाशित: २४ भाद्र २०७६ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App