भोटेकोसी पुनर्निर्माण अन्तिम चरणमा, कात्तिकबाट उत्पादन

मङ्गलबार, २४ भदौ २०७६, २० : ०३ ध्रुव दङ्गाल

सिन्धुपाल्चोक– तीन वर्षअघिको बिनाशकारी भोटेकोसी बाढीले क्षतिग्रस्त निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। ८० प्रतिशत पुनर्निर्माण सकिएको आयोजनाले आगामी कात्तिकदेखि पूर्ण क्षमतामा व्यवसायिक उत्पादन थाल्ने जनाएको छ। 

आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेकाले प्रारम्भिक परीक्षण तयारी भइरहेको भोटेकोसी पावर कम्पनीका महाप्रवन्धक बिक्रमरत्न स्थापितले बताए। ‘आयोजना पुनर्निर्माणको काम तीव्रत्तर अघि बढिरहेको छ,’ उनले नागरिकसँग भने। कात्तिक दोस्रो साताभित्र साढे २२ मेगावाटको पहिलो युनिट र त्यसको १५ दिनभित्र दोस्रो युनिटसहित पूर्ण क्षमतामा उत्पादनमा जाने तयारीसाथ काम भइरहेको उनले जानकारी दिए। 

२०७३ असार २१ गते तिब्बती हिमताल फुटेर आएको भोटेकोसी बाढीले प्रारम्भदेखि नै पुनर्निर्माण गर्नुपर्ने गरी आयोजना क्षतिग्रस्त बनाएको थियो । डेढ वर्षदेखि आयोजनाको पुनर्निर्माण भइरहेको हो। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ व्यूरोले ‘फास्ट ट्रयाक’मार्फत आयोजना पुनर्निर्माण गरिरहेको छ। ठेक्का र समग्र पुनर्निर्माणसहित सात अर्व रुपैयाँ लागतमा आयोजना पुनः सञ्चालनमा आउने महाप्रवन्धक स्थापितले जानकारी दिए।

‘यो रकम नयाँ आयोजना बनाएसरहकै लागत हो,’ उनले भने। उनका अनुसार क्षति धेरै भएकाले लागत बढेको हो। आयोजनाको बाँध पुनर्निर्माण र ३.३ किलोमिटर सुरुङ सफा गर्ने काम सकिएको छ। अहिले बाँधलाई संरक्षण गर्ने काम भइरहेको छ। त्यस्तै पेनस्टक पाइप र जेनेरेटर मर्मतको काम अन्तिमतिर पुगेको छ। आयोजनाले दुईटा ट्रान्सफर्मर फेरिसकेको छ भने हेडवक्र्स, इलेक्ट्रोनिक्सको काम धमाधम गरिरहेको छ। इलेक्ट्रोनिक्स सामान सबै फेर्नु परेको कम्पनीले जनाएको छ। 

भोटेकोसी बाढीले तातोपानीको १० किलोस्थित आयोजनाको बाँध पुरिदिएको थियो भने त्यहाँ ठूलो परिमाणमा ग्रेगर र ठूल्ठुला ढुंगा थप्र्रिँदा बाँध फुट्नुका साथै हेडवक्र्स नै क्षतिग्रस्त बनेको थियो। बाढीले बाँधको एउटा भाग खोतलेर बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाउँदै पावर हाउसको इलेक्ट्रो मेकानिकल संरचनामा क्षति पु¥याएको थियो। 

२०७२ वैशाख १२ को भूकम्पले आयोजनामा ठूलो क्षति पुर्याएको थियो। भूकम्पबाट आयोजनाले तीन अर्व रुपैयाँको भौतिक नोक्सानी बेहोरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २५ मिलियन अमेरिकी डलरमा आयोजना मर्मत ८० प्रतिशत सकिँदा बाढी निम्तियो। भूकम्पबाट क्षतिग्रस्त आयोजनाका दुईमध्ये एक जेनेरेटरको परीक्षण सफल भइ अर्कोलाई हिटिङ दिने काम भइरहँदा बाढीले सबै काम व्यर्थ बनाउँदै भूकम्प अघिकोभन्दा ठूलो क्षति पुर्याएको थियो। कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढी अघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झण्डै १० अर्व रुपैयाँ) थियो।

यसअघि २०७१ साउन १७ को जुरे पहिरोले ट्रान्समिसन लाइन बगाउँदा आयोजनाको उत्पादन ६ महिना रोकिएको थियो। मर्मतपछि आयोजना उत्पादनमा गएको चार महिना बित्न नपाउँदै भूकम्प गएको थियो। भूकम्पपछि आयोजनाको उत्पादन बन्द हुँदै आएको छ। लगातार पाँच वर्षदेखि आयोजना बन्द छ। आयोजनाले विद्युत बेचेर बार्षिक २२–२४ मिलियन अमेरिकी डलर शुल्क असुल्थ्यो। उक्त शुल्क आयोजनाले घाटा व्यहोर्दै आएको छ। 

भोटेकोसी गाउँपालिकाको तातोपानी र फूल्पिङकट्टीमा रहेको आयोजनाले सुरुका १० वर्ष ३६ मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो। आयोजना सन् २०११ मा विद्युत खरिद सम्झौता (पिपिएं) पछि ४५ मेगावाट क्षमतामा गएको थियो। आयोजनाबाट उत्पादित उक्त क्षमताको बिद्युतले सिन्धुपाल्चोक जत्रा पाँच जिल्ला झिलिमिली पार्ने सामथ्र्य राख्छ। आगामी कात्तिकमा आयोजना सञ्चालनमा आउँदा नदी बहाव घट्ने समय भएकाले विद्युत उत्पादन भने केही कम हुने महाप्रवन्धक स्थापित बताउँछन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

महिन्द्रा उत्सव योजना सार्वजनिक

महिन्द्रा उत्सव योजना सार्वजनिक

महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले महिन्द्रा उत्सव योजना सार्वजनिक गरेको छ । ...

कामना सेवाकोे ओडी कार्ड

कामना सेवाकोे ओडी कार्ड

कामना सेवा विकास बैंकले ओभर ड्राफ्ट कार्डबाट सेवा सुरु गरेको छ । ...

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

Ncell Footer Ad