coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटना गराउने चालकले क्षतिपूर्ति तिरेर जनचेतना कक्षा लिनुपर्ने

फाइल तस्बिरः सवारी अनुगमन गर्दै ट्राफिक प्रहरी

ललितपुर– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक दुर्घटना गराउने सवारी चालकलाई लक्षित गर्दै शुक्रबारदेखि उपत्यकाभित्र ट्राफिक दुर्घटना जनचेतना कक्षा लागू गरेको छ ।  चालकलाई जिम्मेवार बनाउन र दुर्घटना न्यूनीकरण गर्नका लागि यस्तो कक्षा लागु गरेको हो ।

अबदेखि उपत्यकाभित्र दुर्घटना गराउने कुनै पनि सवारी चालकले दुर्घटनाको क्षतिपूर्तिसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट जनचेतना कक्षा लिर्नुपर्नेछ ।

‘उपत्यकामा एउटै सवारी चालकले पटकपटक सवारी दुर्घटनामा पारेका छन् उनीहरुले एकपटक गरेको गल्ती नदोहो¥याउन भन्नका लागि हामीले जनचेतना कक्षा सञ्चालन गरेको हौँ ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्यालले भने, ‘यसभन्दा अघि दुर्घटना गराउने चालकले क्षतिपुर्तिमा मात्र तिर्नुपथ्यो भने अबदेखि क्षतिपुर्तिसँगै जनचेतना कक्षामा पनि सामेल हुनुपर्नेछ ।’

जनचेतना कक्षा लिँदा ५ सयदेखि हजार रुपैयाँ बिल तिर्नुपर्ने महाशाखाले जनाएको छ ।

यसअघि कुनै सवारीले सवारीसाधन तथा मानिसलाई ठक्कर दिँदा क्षतिपुर्तिमात्र तिरे छुटकारा पाउँथे भने अबदेखि ट्राफिक प्रहरीको जनचेतना कक्षा पनि लिनुपर्नेछ ।

‘सवारी दुर्घटनामा पारेको चालकलाई कक्षा लिँदा दुर्घटना न्यूनीकरण हुन्छ’ ललितपुरका ट्राफिक इन्चार्ज सिताराम हाछेंथुले भने, ‘उपत्यकामा सबैभन्दा भन्दा बढी दुर्घटना निम्त्याउने सवारी साधन मोटरसाइकल र माइक्रोबस हुन् । त्यस्ता सवारी चालकलाई यो कक्षा प्रभावकारी हुन्छ ।’

यसअघि लेन मिच्ने र मापसे गर्ने सवारी चालकलाई मात्र ट्राफिक प्रहरीले जनचेतना कक्षा सञ्चालन गर्दै आएको थियो भने अबदेखि सवारी दुर्घटना निम्त्याउने चालकले पनि कक्षा लिनुपर्ने महाशाखा प्रमुम एआइजी अर्यालले बताए ।

दुर्घटना पार्ने चालकले अनिवार्य रुपमा एक घण्टा कक्षा लिनुपर्नेछ । हिजोआज धेरै सवारी चालकहरु ट्राफिक कारवाहिमा परेकोले कक्षा लिनेको महाशाखा भिड लागेको छ । यहाँ एक घण्टाको कक्षा लिनको लागि ३÷४ घण्टा लाइनमा बस्नुपर्ने अवस्था रहेको ललितपुरका ट्राफिक इन्चार्ज हाछेंथुले जानकारी दिए ।

प्रकाशित: ३ मंसिर २०७३ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App