८ वैशाख २०८१ शनिबार
समाज

सत्यमोहन जोशीको फोटो अंकित सिक्का सार्वजनिक

काठमाडौं– नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर अंकित गरिएका ती सिक्का सार्वजनिक गरेको हो। 

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधिसमेत प्राप्त गरेका उनले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्षयता साँगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आउनु भएको सुझावको कदरस्वरुप नेपाल राष्ट्र बैंकले उनको तस्वीर अंकित सो दरका सिक्का सार्वजनिक गरेको हो।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा उनले पु¥याएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले उहाँको तस्वीर अंकित सिक्का पनि सार्वजनिक गरेको पनि स्पष्ट पारे।

ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो।

प्रकाशित: २४ भाद्र २०७६ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App