दमकल र जनशक्ति अभावले जुद्ध वारुणयन्त्र समस्याग्रस्त

मङ्गलबार, २४ भदौ २०७६, १७ : ३५ नागरिक

भक्तपुर- तत्कालीन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी भक्तपुरमा विसं २००१ मा स्थापना भई सञ्चालनमा आएको जुद्ध वारुणयन्त्र ७६ वर्ष बूढो हुँदा सञ्चालनमा निकै कठिनाइ आएको छ।     

जुद्ध बारुणयन्त्र जति बूढो भयो यहाँ सञ्चालनमा रहेको दमकल पनि त्यति नै बूढो भएकाले सञ्चालनमा निकै कठिनाइ आएको जुद्ध बारुणयन्त्र भक्तपुरको ७६ औँ स्थापना दिवसका सहभागीहरुले बताएका छन्।     

भक्तपुर, काठमाडौँ, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिँदै आएको भक्तपुर दमकलले यसअघिका चार दमकल बिग्रिएर जीर्ण भएको जुद्ध वारुणयन्त्रका पूर्व कार्यालय प्रमुख विजय धौभडेलले बताए।     

उनले भने, “जुद्ध बारुणयन्त्र जति बूढो भयो, यहाँका दमकल पनि त्यति नै बूढो भएर थन्किएका छन्, तीन वर्षअघि मध्यपुरथिमि नगरपालिकाले दिएको एउटा दमकल र १८ वर्ष अगाडि सिद्धी स्मृति अस्पतालले दिएको एउटा जीर्ण दमकल र पुरानो एउटा ट्याङ्करले सेवा धान्दै आएको छ।”     

त्यसमध्ये पनि सिद्धी स्मृतिले दिएको दमकल बेला–बेलामा बिग्रिरहने र अहिले पनि बिग्रिएर मर्मत गर्न लागेको बताउँदै उनले दमकल र जनशक्ति अभावले थप समस्या परेको उनको भनाइ छ।     

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कार्यालयका कर्मचारी फायरम्यान उमेश ढकाल, मायानाथ दाहाल र कार्यालय सहयोगी निशा द्योलालाई जनही नगद तीन हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरी सम्मान गरे।

प्रजिअ भट्टले थप दमकल ल्याउन र कर्मचारीको सेवा सुविधा वृद्धिका लागि पहल गर्ने बताए।रासस
   
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad