८ वैशाख २०८१ शनिबार
राजनीति

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्। 

आफ्नो आधिकारिक ट्वीटर ह्यान्डिलमार्फत नेपाली भाषामा तीन वटा ट्वीट गर्दै मोदीले आजको दिनलाई नेपाल भारत मित्रताको विशेष दिन भनेका छन्। ‘भारत–नेपाल मित्रताको विशेष दिन! मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गर्यौं’, पहिलो ट्वीटमा मोदीले लेखेका छन्। 

त्यसैगरी दोस्रो ट्वीटमा उनले पाइपलाइनबाट नेपालका जनताले सस्तो, सुलभ मूल्यमा सफा पेट्रोलियम पदार्थ पाउने विश्वास पनि व्यक्त गरेका छन्। लेखेका छन्, ‘प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै! मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ। म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ।’

तेस्रो ट्वीटमा उनले पाइपलाइन परियोजना निर्धारित समयभन्दा छिटो सकिएको जानकारी गराएका छन्। ‘तपाईहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धारित समयभन्दा धेरै अघि नै सम्पन्न भयो’, उनले उल्लेख गरेका छन्। 

मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रुपमा स्विच थिचेर भारतको मोतिहारीबाट नेपालको अमलेखगंजसम्म विच्याइएको पाइपलाइन परियोजनाको उद्घाटन गरेका थिए। 

यो पाइपलाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजना हो। यो परियोजनाबाट नेपालले सस्तो, शुुद्ध र विना रोकावट पेट्रोलियम पदार्थको उपयोग गर्न पाउने अवसर प्राप्त गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

भारत–नेपाल मित्रताको विशेष दिन !

मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गर्यौं । pic.twitter.com/CNrDXXaYqs

— Narendra Modi (@narendramodi) September 10, 2019

प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै !

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ ।

म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।

— Narendra Modi (@narendramodi) September 10, 2019

तपाईहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धारित समयभन्दा धेरै अघि नै सम्पन्न भयो ।

— Narendra Modi (@narendramodi) September 10, 2019

प्रकाशित: २४ भाद्र २०७६ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App