रेडियो नेपालमा पत्रकार महासंघको कालो ब्यानर

मङ्गलबार, २४ भदौ २०७६, १६ : ४६ नागरिक

काठमाडौं– नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तथा वृद्धि भएको न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन र रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीन जना श्रमजीवी पत्रकारको सेवा निरन्रताका लागि मंगलबारदेखि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आन्दोलन सुरु गरेको छ। 

वार्ता र संवादबाट समस्या समाधानमा रेडियो नेपाल ब्यवस्थापनले चासो नदिएपछि महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिले आन्दोलन थालेको हो।

आन्दोलनको पहिलो दिन रेडियो नेपाल परिसरमा आधा घण्टा धर्ना दिनुका साथै श्रमजीवी पत्रकार ऐन लागू गर, न्यूनतम पारिश्रमिक लागू गर र दिपायल प्रसारण केन्द्रबाट निष्काशित तीन जना श्रमजीवी पत्रकारको सेवालाई निरन्तरता देऊ लेखिएको कालो ब्यानर टाँसिएको छ।

महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरुले देशको केन्द्रिय प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको रेडियो नेपालमा धर्नाका साथै केहीबेर नाराबाजी समेत गरेका थिए।

धर्नालाई सम्बोधन गर्दै सचिव दाहालले रेडियो नेपाल ब्यवस्थापनले महासंघको आग्रह नसुनेर आन्दोलन निम्त्याएको भन्दै अझै माग सम्बोधन नभए तालाबन्दीसहितका कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिए। सरकारी संचारमाध्यमको व्यवस्थापनले श्रमजीवी पत्रकार ऐन नमान्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने र श्रम शोषण गर्ने परिस्थितिको अन्त्य गर्न रेडियो नेपालमा आन्दोलन गरिएको बताए।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाँल लगायतले माग सम्बोधन गर्न रेडियो नेपालसँग माग गरे। 

रेडियो नेपालले श्रमजीवी पत्रकार ऐन तथा गत कात्तिक १ गतेदेखि लागू भएको न्यूनतम पारिश्रमिक उपलब्ध गराएको छैन भने महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई बिना कारण निष्कासन गरेको छ।








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad