८ वैशाख २०८१ शनिबार
राजनीति

चिनियाँ विदेशमन्त्री वाङ र देउवाबीच भेट

काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमणको अन्तिम दिन मंगलबार बिहान काँग्रेस सभापति देउवासँग भेटेका हुन्। भेटमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधि समेत रहेका थिए। काठमाडौंको नक्सालस्थित होटल म्यारियोटमा भएको भेटवार्तामा विदेशमन्त्री वाङले दुई पक्षीय हित र दुई पार्टीबीचको सम्बन्धमा विषयमा छलफल गरेका थिए।

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति देउवाले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे पनि चासो व्यक्त गरेका थिए।

आईतबार साँझ नेपालको ३ दिने औंपचारिक भ्रमणका लागि आएका चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली शिष्टाचार भेटवार्ता गरेका थिए भने समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए। चिनियाँ विदेशमन्त्री वाङ मंगलबार (आजै) अपरान्ह स्वदेश फर्कदैछन्।

 

प्रकाशित: २४ भाद्र २०७६ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App