coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तीनकुनेमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं—कामपा–३५ बानेश्वर तीनकुनेमा बा३ख २०५६ नंको बसले बा२६प ४३३८ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ वर्षीय हरिगोपाल श्रेष्ठको मृत्यु भएको छ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि निजामती अस्पताल मीनभवन लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजतलास गरिरहेको छ। रासस

प्रकाशित: ३ मंसिर २०७३ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App