बसपार्क हस्तान्तरण नहुँदा सञ्चालनमा आउन सकेन

मङ्गलबार, २४ भदौ २०७६, ११ : ५४ नागरिक

सुर्खेत- निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझैं सञ्चालनमा आएको छैन।

निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रक्रियागत ढिलाइका कारण सञ्चालनमा आउन नसकेको हो।     

नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बसपार्क अब छिट्टै हस्तान्तरण हुने बताए। “हस्तान्तरण प्रक्रिया शुरु भइसकेको छ, सम्भवतः असोजको पहिलो सातासम्म हस्तान्तरण भइसक्छ”, उनले भने, “हस्तान्तरणपछि कसरी सञ्चालन गर्ने भन्ने मोडालिटीका सम्बन्धमा पनि छलफल भइरहेको छ।”     

पटक–पटकको म्याद थपसँगै निर्माण कम्पनी चाङ्मिला/नरसिंहजेभीले चार वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्क यही जेठमा सम्पन्न गरेको हो। नगर विकास कोषबाट ऋण सहयोगमा निर्माण सम्पन्न भएको आयोजनालाई वीरेन्द्रनगर नगरपालिकाले नगरको गौरवको आयोजनाका रुपमा लिएको छ।

सुविधासम्पन्न बसपार्क नहुँदा सुर्खेतबाट सञ्चालित बस, यातायात कर्मचारी तथा यात्रुलगायतले अनावश्यक सास्ती भोग्नुपर्ने बाध्यता थियो।     

नगर प्रमुख देवकुमार सुवेदीले बसपार्क सञ्चालनमा आएपछि हाल प्रयोगमा आइरहेको बसपार्कलाई मङ्गलगढी पार्कमा विस्तार गर्ने बताए। निर्माण कम्पनी चाङ्मिला/नरसिंह जेभी र नगर विकास समितिबीच ०७२ माघमा सम्झौता भएको थियो।

पन्ध्र महीनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले चार वर्ष लगाएर सिटी बसपार्क पुरा गरेको हो।     

छ करोड ८३ लाख रुपैयाँ लागतमा बनेको बसपार्कमा ६४ व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टर लगायतका संरचना छन्।

करीब चार हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी १ सय २० बस अट्न सक्ने क्षमता रहेको छ।रासस  
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad