coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यस्तो बन्दैछ प्रहरी परिसर र महाशाखा

काठमाडौं - भूकम्पपछि पालमा र पार्टी प्यालेसबाट कार्यालय सञ्चालन गर्दे आएका काठमाडौका दुई प्रहरी कार्यालयको आफ्नै भवन बन्ने भएको छ।

महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखा अबको एक वर्षभित्र आफ्नै अत्याधुनिक भवन बन्ने भएको हो। मंगलबार विहान प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले काठमाडौ परिसर, अपराध महशाखा र नेपाल पुलिस क्लवको गरी काठमाडौमा बन्ने तीन वटा अत्याधुनिक भवनको शिलन्यास गरे। अब बन्ने महानगरीय अपराध महाशाखा (क्राइम डिभिजन)को आफ्नै हिरासत (कस्टडी) समेत रहनेछ।

महाशाखाको अत्याधुनिक भवनसहित हिरासत कक्ष समेत बन्ने भएको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा सरकारले प्रहरी परिसर र महाशाखाको भवन बनाउनका लागि १ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको थियो। अपराध महाशाखासहित भद्रकालीमा काठमाडौं प्रहरी परिसरको पनि नयाँ भवनको शिल्यान्यास भएको छ। भूकम्पले हनुमानढोकामा रहेको भवनमा बस्न नसक्ने अवस्था भएपछि महाशाखा र परिसर टेकुस्थित नेशनल ट्रेडिङको जग्गामा बनेको पार्टी प्यालेस र नेशनल ट्रेनिङको भवनको केही भाग लिएर काठमाडौं प्रहरी परिसरले काम चलाउँदै आएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App