७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय तह पुनर्संरचनाको विषयमा पाँचथरमा झडप

पाँचथर- स्थानीय तह पुनः सरचनाको विषयले फिदिममा असन्तुष्ट विभिन्न क्षेत्रका वासिन्दा र प्रहरीबीच झडप भएको छ। फाल्गुनन्द गाँउपालीका बनाउनु पर्ने तथा अखण्ड रानीटार माग गर्दै सयौँ संख्यामा फिदिम आएका स्थानीय वासिन्दा र प्रहरीबीच झडप भएको हो।

जिविसको गेटमा प्रर्दशन गरेका प्रर्दशनकारी र प्रहरीबीच धकेला धकेल्दैँ हुँदा झडपको अवस्था आएको थियो। छेक्न बसेका नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच झडप भएको थियो। प्रहरीले आफूहरुलाई लाठीले हानेपछि झडप भएको प्रर्दशनकारीको आरोप छ। प्रहरीले दमन गरेको भन्दै प्रर्दशनकारीले धमाधम ढुङ्गा प्रहार गरेका थिए। प्रहरीलाई ढुंगा बर्साएपछि एकछिन तनावको वातावरण बनेको थियो । प्रर्दशनकारीले ढुङ्गा प्रहार गरेपछि जिल्ला प्राविधिक कार्यालयका केहि झ्यालका सिसा फुटेका छन्। शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दैँ केहि बेर प्रर्दशनकारी आक्रमक भएका थिए। प्रहरी तथा प्रर्दशनकारीका नेतृत्व गरीरहेपछि केहि समय पछि तनाव हटेको थियो।

प्रकाशित: ३ मंसिर २०७३ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App