७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सत्तारुढ दललाई ठूलो धक्का

मस्को सहरको संसद्का लागि आइतबार भएको निर्वाचनमा मतदान गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिर ः एजेन्सी

मस्को – रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीले मस्को सहरको संसद्का लागि भएको मतदानमा ठूलो पराजय भोगेको छ। ४५ सदस्यीय संसद्मा लगभग एक तिहाइ सिट गुमाए पनि उक्त दलले २६ सिटमा जित्दै आफ्नो बहुमत भने कायम राखेको बिबिसीले उल्लेख गरेको छ। अधिकांश विपक्षी उम्मेद्वार अयोग्य घोषणा गरिएपछि भएको निर्वाचनमा वामपन्थी, स्वतन्त्र र अन्यले केही सिटहरू हात पारेका छन्।

मस्को निर्वाचनमा विपक्षीलाई चुनावी दौडबाट बाहिर राखिएपछि त्यसले रुसमा आम प्रदर्शन निम्त्याएको थियो। प्रदर्शनमा उत्रिएको भन्दै हजारौं व्यक्तिलाई थुनामा राखिएको छ र दंगा प्रहरीले प्रदर्शनकारीमाथि बर्बर दमन गरेको आरोप खेपिरहेका छन्।

पछिल्ला दिनमा रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीको परिचय एकदमै नकारात्मक भएकाले यसका सबै सदस्यहरुले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेको बिबिसीले जनाएको छ।

पछिल्ला दिनमा रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीको परिचय एकदमै नकारात्मक भएकाले यसका सबै सदस्यहरुले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेको बिबिसीले जनाएको छ। राजधानी मस्कोबाट उक्त दलका प्रमुख नेता आन्द्रेइ मितेलस्की पुनः निर्वाचित भएनन् जसलाई पुटिन समर्थक दलले बेहोरेको एउटा ठूलो झट्काका रूपमा लिइएको छ। मस्को सहरको संसद्का लागि भएको निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कम्युनिस्ट पार्टीले १३ सिट जित्ने ठानिएको छ भने उदारवादी याब्लेकोले र वामपन्थी झुकाव राख्ने जस्ट रसिया दलले तीन तीन सिट जित्ने अपेक्षा गरिएको छ।

आफ्ना साझेदारलाई चुनावमा लड्नबाट रोक लगाइएपछि विपक्षी नेता एलेक्से नभाल्नीले चनाखो भएर मतदान गर्ने रणनीतिलाई प्रवद्र्धन गरेका थिए। नभाल्नीले अघोषित रूपमा युनाइटेड रसियाका उम्मेद्वारहरुको भण्डाफोर गर्दै उनीहरुलाई हराउन सक्ने व्यक्तिको पक्षमा चुनावी अभियान चलाएका थिए। उनले चुनावको परिणाम एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन्। सत्तारुढ दलको अपेक्षिकृत नतिजा नआए पनि सरकारी सञ्चारमाध्यमले मस्कोको चुनावी परिणामलाई सत्तारूढ दलको जितका रूपमा प्रस्तुत गरिरहेको बिबिसीले उल्लेख गरेको छ। ‘क्रेमलिनले वास्तविक तस्बिरको पनि अध्ययन गर्नेछ र यसले रूसी राजधानीमा रहेको जनताको मनोभवाना कसरी प्रतिबिम्बित गरेको छ भनेर हेर्नेछ,’ बिबिसीले जनाएको छ। आइतबारको चुनावमा झण्डै २२ प्रतिशत मतदान भएको थियो।

मस्को बाहिरका स्थानीय र क्षेत्रीय चुनावमा भने क्रेमलिनको समर्थन पाएका उम्मेदवारहरुले आफ्नो दह्रो पकड कायमै राखेका छन्। गभर्नरको चुनाव गरिरहेका १६ वटै क्षेत्रमा उनीहरूकै जित हुने ठानिएको छ। सन् २००१ मा राष्ट्रपति पुटिनलाई समर्थन गर्न युनाइटेड रसिया गठन भएको थियो। रुसमा हालैका महिनामा पुटिनको लोकप्रियता दर खस्किएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।

प्रकाशित: २४ भाद्र २०७६ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App