अठार वर्षपछि पक्राउ

मङ्गलबार, २४ भदौ २०७६, ०७ : ४४ नागरिक

काठमाडाैं – नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०५७ मा तत्कालीन काठमाडौँ महानगरपालिका–३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्यामा संलग्न सिन्धुपाल्चोकका ३८ वर्षीय भीमसेन भण्डारीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गरी विवाद हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरी फरार रहेका भण्डारीलाई १८ वर्षपछि पक्राउ गरिएको जानकारी दिए।

'बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाउँमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ', उनले भने। पक्राउ परेका भण्डारी भक्तपुरका विभिन्न क्षेत्रमा अस्थायी सहचालकका रुपमा काम गर्दै आएको अनुसन्धानमा खुलेको छ।(रासस)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad