४ वैशाख २०८१ मंगलबार
अर्थ

घट्यो ‘बल्क कार्गो’ आयात

वीरगन्ज सुक्खा बन्दरगाहमा बल्क कार्गोमा आएका मालसामान। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – एक पटकमा एकै किसिमको मालसामान डेलिभरी लिएर आउने ‘बल्क कार्गो’का लागि पनि सिर्सियास्थित सुक्खा बन्दरगाह उपयोग हुँदै आइरहेको छ। ‘राजस्व आम्दानीको स्रोत’ र ‘देशमा उत्पादनशीलताको चिनारीका रुपमा कच्चा पदार्थको आयात’ दुवैसँग जोडेर महत्वपूर्ण मानिएको बल्क कार्गोमा कमी आउनुलाई अर्थतन्त्रका लागि प्रतिकूल मानिएको छ। वीरगन्ज सुक्खा बन्दरगाह कन्टेनरमा बन्दर गरिएका मालसामान मात्र विदेशबाट आयात गरेर मगाउने भनेर मात्र नभइ यहाँ आउने बल्क कार्गो आयातका लागि समेत सुक्खा बन्दरगाह महत्वपूर्ण मानिन्छ।

विभिन्नखाले फलाम लिएर आउने ‘बिआरएन’ बग्गीका रेकमा ११.५५ प्रतिशतले कमी आएको छ। खासगरी बोराबन्द सामान लिएर आउने ‘बिसिएन’ कार्गोमा ७.२० प्रतिशतले कमी आएको छ। ‘बिआरएन’ कार्गोमा औद्योगिक कच्चा पदार्थका रुपमा मगाइने बेग्ला बेग्लै किसिमका फलाम जस्तै बिलेट, एसएम सिट, एच एस क्वायल आउने गरेको छ। त्यस कारणले यसमा कमी आउनु भनेको औद्योगिक कच्चा पदार्थको आयात घट्नु हो। ‘बिसिएन’ बग्गीमा आउने बैग कार्गोमा कृषिमा उत्पादकत्व बढाउन सहायक हुने रासायनिक मल, पशुपलन र कुखुरापालका लागि चाहिने पशुपन्छीका दाना बनाउने भटमास तथा मकै, तथा औद्योगिक कच्चा पिगआइरन, स्पन्जआइरन जस्ता समानआउने गरेका छन्। यि वस्तु पनि देशको कुल उत्पादनमा असर पु-याउने कुरा हुन्।

बितेको आर्थिक ०७५/७६ मा एक सय ९९ वटा ‘बिआरएन’ रेकमा विभिन्नखाले फलाम आयात भएको छ। एक रेकमा करिब दुई हजार पाँच सय टन फलाम आउने गरेको छ। अघिल्लो वर्ष यो संख्या दुई सय २५ थियो। बजनको हिसाबले हेर्ने हो भने वर्षमा एक सय ९९ रेकमा करिब चार लाख ९७ हजार पाँच सय टन औद्योगिक फलाम सुक्खा बन्दरगाह भएर आयात भएको देखिन्छ। गत वर्ष यहाँ भएर पाँच लाख ८१ हजार पाँच सय औद्योगिक फलाम भित्रिएको थियो। त्यसैगरी ‘बिसिएन’मा वर्षभरीमा दुई सय ६ रेक बोराबन्द सामान आयात भएको छ। यस्ता वस्तु पनि एक पटकमा करिब दुई हजार पाँच सय टन बजनमा एउटा रेकमा आउने गरेको छ। यस हिसाबले यो वर्ष पाँच लाख १५ हजार टन बोराबन्द सामान आयात भएको छ। अघिल्लो वर्ष यस्ता वस्तु पाँच लाख ५५ हजार टन आयात भएको थियो।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार औद्योगिक कच्चा पदार्थको रुपमा आयात हुने विभिन्नखाले फलाम यस भन्सारको प्रमुख भन्सार राजस्वको स्रोत रहेकाले यसको आयात घट्दा राजस्व संकलनमा असर परेको छ। बोराबन्द समानमा राजस्व दर अधिक नभए पनि त्यो त्यो उत्पादनसँग जोडिएको वस्तु भएकाले त्यसलाई समेत महŒवसाथ हेर्ने गरिएको वीरगन्ज उद्योग वाािण्ज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता बताउँछन्। सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले ‘बिसिएन’ र ‘बिआरएन’ रेक घटेको तथा कन्टेनर रेक बढेको बताए। कन्टेनर बढेका कारण समग्रमा भने वीरगन्ज सुक्खा बन्दरगाहमा आउने रेकको संख्या बढेको उनले जनाए।

प्रकाशित: २४ भाद्र २०७६ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App