७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको दोस्रो जागरण आजदेखि

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसले संस्थापक नेता विपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। कांग्रेसले कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर मंगलबार देशभरि तीन लाख ४९ हजार आठ सय बिरूवा रोपेर जागरण अभियान सुरु गर्न लागेको हो।

पहिलोे एक महिने अभियान जिल्ला केन्द्रित गरेको कांग्रेसले दोस्रो चरणमा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित गरेको छ। भदौ २४ गते अर्थात् मंगलबार सुरु गरेर असोज ७ गते सबै जिल्लामा सरकारविरुद्ध विरोधसभा गरेर दोस्रो चरणको अभियान सक्ने कांग्रेसले जनाएको छ। युवा, सहिद परिवार र पार्टीका पुराना नेतासँग भेटघाटलाई केन्द्रित गरी तय गरिएको दोस्रो चरणको अभियानमा सहभागी हुन सबै प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि मंगलबार बिहानसम्म पुगिसक्ने केन्द्रीय कार्यालयले जनाएको छ।

‘सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई बर्से समीक्षा, पार्टी प्रवेश कार्यक्रम हुनेछन्,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय प्रतिनिधिले अग्रज, सहिद परिवार, द्वन्द्वकाल एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र देश र कांग्रेसका लागि सल्लाह सुझाव लिनुहुनेछ।’

अभियानअन्र्तगत मंगलबार पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारले सुनसरी, नेता रामचन्द्र पौडेलले कास्की, अर्का उपसभापति विमलेन्द्र निधिले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। त्यस्तै महामन्त्रीद्वय शशांक कोइराला मकवानपुर तथा पूर्णबहादुर खड्का भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादव काठमाडौंमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कांग्रेसले जनाएको छ।

१९७१ भदौ २४ गतेका दिन जन्मेका विपी कोइरालाले नेपाल कांग्रेसको स्थापनादेखि मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि महŒवपूर्ण योगदान पु¥याएका थिए। प्रजातान्त्रिक समाजवादका प्रवर्तक कोइरालाले नेपाली साहित्यलाई पनि हराभरा बनाएका छन्। कांग्रेसले हरेक वर्ष भदौ २४ गते विभिन्न कार्यक्रम गर्दै उनको सम्झना गर्ने गरेको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App