८ वैशाख २०८१ शनिबार
राजनीति

उपराष्ट्रपति पुन र जापानी राजदूतबीच भेट

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन्। आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले शिष्टाचार भेट गरेका हुन्।

भेटमा उपराष्ट्रपति पुनले नेपाल र जापानबीचको औपचारिक सम्बन्ध ६० वर्ष पूरा भए पनि दुई देशबीचको सम्बन्ध निकै पूरानो भएको बताए। उनले नेपाल जापानबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको र दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

उपराष्ट्रपतिले जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोग बन्न लागेको नागढुंगा सुरुङ मार्ग नेपालको लागि महत्वपूर्ण परियोजना भएको बताउँदै छिटो भन्दा छिटो निर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए। उनले नेपाल र जापानबीच दौत्य सम्बन्ध सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा शनिबार नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुन लागेकोमा खुशी व्यक्त गरे।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जापानका राजदूत ओगावाले जापान र नेपालबीचको दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ चलिरहेकोले यो वर्ष दुवै देशका लागि विशेष वर्ष रहेको बताए। उनले नागढुंगा सुरुङ मार्ग निर्माण प्रक्रिया चाँडै सुरु हुने बताए। उनले नागढुंगा सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले अनुमोदन गरिसकेको बताउँदै चाँडै निर्माण प्रक्रिया सुरु हुने बताए।

भेटमा राजदूत ओगावाले नेपालले केहीं दिन अघि मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधी जितेकोमा बधाई दिए। उनले जापान र नेपालको दौत्य सम्बन्ध स्थापनाको ४० औँ वर्षगाँठको अवसरमा शनिबार जापान र नेपालबीच हुने मैत्रीपूर्ण फुटबल रोमाञ्जक हुने बताए।

प्रकाशित: ३ मंसिर २०७३ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App