६ वैशाख २०८१ बिहीबार
राजनीति

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार भेट गरेका छन्।  त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो। 

आजै वाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा दुईबीच भेट भएको हो। उच्चस्तरीय नेपाल-चीन बैठक पछि वाङ प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटको लागि बालुवाटर पुगेका हुन्। 

त्यस्तै चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सहमतिपत्रमा आज हस्ताक्षर गरेका थिए। नेपालको मनाङमा करिब ३५ करोड रुपैयाँमा अस्पताल बनाइदिने, चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्ष पठाउने र नेपाललाई आपतकालिन अवस्थाको तयारी स्वरुप ५ हजारवटा पाल दिने सहमति भएको हो।

प्रकाशित: २३ भाद्र २०७६ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App