८ वैशाख २०८१ शनिबार
खेल

इङल्याण्ड र स्कटल्याण्डमाथी फिफाद्धरा अनुशासनको छानबिन सुरु

लण्डन– विश्वको सर्वोच्च फुटबल सस्था फिफाले इङल्याण्ड  र स्कटल्याण्डमाथी अनुशासनको छानबिन सुरु गरिएको जनाएको छ ।

फिफाले दुवै देशले फिफाको आचारसंहिता उल्लंघन गरको आरोप लगाएको छ ।

यही नोभेम्बर ११ मा सम्पन्न विश्वकप छनोट चरणको खेल दौरान दवै टोलीका खेलाडीले अफिमको फुल ‘ पप्पी ‘अंकित आमब्याट लगाएका थिए । फिफाको आचारसंहिता अनुसार खेलका क्रममा कुनै पनि धार्मीक ,राजनितीक वा जातीय नारा अंकित लोगो वा चित्र लगाउन प्रतिबन्धीत छ ।

तर इङल्याण्डमा नोभेम्बर ११ लाई युद्धमा मारिएका मानिसको सम्झने दिनका रुपमा लिइन्छ । इङल्याण्डले पनि युद्धमा मारिएका मानिसको सम्झनामा पप्पी अंकित आमब्यान्ड लगाएको जनाएको छ ।

फिफाको अनुसाशन कमिटीले दोषी पाएमा इङल्याण्ड र स्कटल्याण्डमाथी कारबाही हुनेछ । केहि विश्लेषकहरुले भने दुवै टोलीको विश्वकप छनोट खेलमा प्राप्त गरेको अंक घटाउने सम्मको कारबाही हुनसक्ने बताएका छन् । तर केहि विश्लेषकहरुले भने फिफाले पहिलो चरणमा दुवै देशलाई चेतावनी दिदै जरिबाना गराउन सक्ने जनाएका छन् ।
 

प्रकाशित: ३ मंसिर २०७३ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App