८ वैशाख २०८१ शनिबार
समाज

अर्घाखाँचीमा भाइरल ज्वरोका विरामी बढे, डेंगी पनि भेटियो

अर्घाखाँची– जिल्लामा पछिल्लो समयमा भाइरल ज्वरोका विरामीको संख्या ह्वात्तै बढेको छ। जिल्लाका सरकारी तथा निजी अस्पतालमा भाइरलका विरामीको चाप बढेको हो।

ओपिडी र इमरजेन्सीमा दैनिक ५० देखि ८० जना विरामी उपचारका लागि आउने गरेकोमा आज भोलि यो संख्यामा चार गुणाले वृद्धि भएको छ। हाल दैनिक रुपमा जिल्ला अस्पतालको ओपिडीमा दुई सय भन्दा बढी र इमरजन्सीमा दैनिक ५० देखि एक सय जना गरि दुई सय ५० देखि तीन सय जना भाइरलका विरामीहरू आउने गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए।

जिल्ला अस्पतालमा आउने मध्ये करिब ७० प्रतिशत विरामी भाइरल ज्वरोका रहेको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताए। ‘१५ शैयाको अस्पताल छ, उनले भने ‘भुँइमा तथा बेन्चमा गरि ४५ जनाको भर्ना गरेर उपचार गरिरहेका छौं।’ 
जिल्ला अस्पतालसँगसँगै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा समेत भाइरल ज्वरोका विरामी धेरै रहेका छन्। 

डेंगी पनी भेटियो 
देशभरी डेंगीका बिरामी बढेसँगै जिल्लामा पनि बिरामी फेला परेका छन्। दुई जनामा डेंगीको संक्रमण देखिएको हो। शंका लागेर बुटवल पठाईएकोमा दुई जनामा डेंगीको संक्रमण देखिएको र उनीहरुको बुटवलमा उपचार भइरहेको जिल्ला अस्पतालले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०७६ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App