बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

सोमबार, २३ भदौ २०७६, १३ : ०१ नागरिक

बुर्किना फासो- उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले सोमबार जनाएका छन्। 

दुबै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो। पहिलो आतङ्ककारी आक्रमण सर्वसाधारण चढेको एक यात्रुबाहक बसमा भएको थियो। यस आक्रमणमा परी १५ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए।

सोही समयमा खाद्यान्न बोकेको एक साइकल यात्रीलाई लक्ष्य गरी गरिएको आतङ्ककारी आक्रमणमा परी १४ जनाको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका थिए। 

सरकारले यस्ता घटनाहरू दोहोरिन नदिन कदम चाल्ने शपथ लिनुको साथै सैनिक परिचालन बढाएको छ। सन् २०१५ यता  बुर्किना फासो आतंङ्कवादी हमलाहरूमा ५०० भन्दा बढीको मृत्यु भइसकेको छ। यी आतङ्ककारी आक्रमणका कारण २ लाख ८० हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन्।

केही दिनअघि पनि बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको वक्तव्यमा सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका न्। सिन्ह्वा








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad