६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरीले गर्‍यो अफिम र गाँजा खेतीको नष्ट

ठुलीभेरी नगरपालिका वडा नम्बर ७ र ८ अन्तरगतका खेतवारीमा लगाइएको गाँजा र अफिम खेती नष्ट गदैै प्रहरी र जनप्रतिनिधिहरु । तस्बिरः नागरिक

डोल्पा– हिमाली जिल्ला डोल्पाको जुफाल र डाँगीवाडालगायतका स्थानहरुमा लगाइएको गाँजा (भाँङ्ग )र अफिम नष्ट गरिएको छ। ठुलीभेरी नगरपालिका ७ र ८ का कृषकहरुले आफ्नो खेतबारीमा लगाइएको गाँजा र अफिम प्रहरीले नष्ट गरेको हो।

लागुऔषध विरुद्दको अभियान अन्तरगत गाँजा र अफिमको खेती नष्ट गरिएको प्रहरीले जनाएको छ। जुफाल विमानस्थल सुरक्षा गार्डका इन्चार्ज प्रहरी नायव निरिक्षक कमल शाहाको नेतृत्वमा ठुलीभेरी नगरपालिका वडा ७ र ८ वडाध्यक्ष नागरिक समाज महिला जनप्रतिनिधि स्थानीय समाजसेवी शिक्षक र विद्यार्थीसमेतको सहभागितामा अभियानको रुपमा गाँजा र अफिमको खेती नष्ट गरिएको हो। गाँजा खेतीबाट चरेस बनाउन प्रयोग गरिने र अफिम कानुन विपरित खेती भएकाले ठुलीभेरी नगरपालिकाको ७ र ८ का कृषकहरुले झण्डै दुई सय भन्दा बढी गडामा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिएको प्रहरी नायव निरिक्षक कमल शाहले बताए।

प्रकाशित: २३ भाद्र २०७६ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App