करिना कपुर अस्पताल भर्ना

शुक्रबार, ०३ मङि्सर २०७३, १२ : ४९ एजेन्सी

मुम्बई–बलिउड अभिनेत्री करिना कपुरलाई अस्पताल भर्ना गरिएको छ। गर्भवती रहेकी करिनलाई पश्रव पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। संचारमाध्यमले करिना छिट्टै आमा बन्ने उल्लेख गरेका छन्। करिना पहिलो बच्चालाई जन्म दिँदैछिन्। करिनाका श्रीमान सैफ अली खान र उनको परिवार नयाँ बच्चाको पर्खाइमा रहेका छन्।

करिना र सैफअली खानबीच १६ अक्टोबर २०१२ मा विवाह भएको थियो। सैफले पहिलो विवाह अमृता सिंहसँग गरेका थिए। उनीकी पहिली श्रीमती अमृताबाट दुई सन्तान छन्। सैफ र करिनाको जोडीलाई सैफीनाको नामले पनि चिनिन्छ। करिना र सैफबीचको प्रेम २००८ बाट सुरु भएको बताइएको छ।

सामान्यतया गर्भवती महिला गर्भावस्थामा आराम गर्न रुचाउँछन्। तर करिना भने गर्भवती अवस्थामा पनि शटिङमा व्यस्त थिइन्। गत बुधबार मात्रै करिनाले एक म्यागेजिनका लागि फोटोशुट गराएकी थिइन।

संचारमाध्यमका अनुसार करिनालाई अस्पतालले डिसेम्बर ४ मा डेलिभरी मिति तोकेको छ। करिनाले आफ्नो हुने बच्चाको नामसमेत राखिसकेकी छन्। नेहा धुपियाको शो ‘नो फिल्टर’ मा करिनाले बच्चाका विषयमा खुलेर कुरा गरेकी थिइन्।

 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad