८ वैशाख २०८१ शनिबार
अर्थ

दुधमा आत्मानिर्भर बनाउने योजनामा मरिण गाउँपालिका

सिन्धुली - यहाँको मरिण गाँउपालिका दुधमा आत्मानिर्भर बन्न विभिन्न योजनाहर अघि सारेको छ। दुग्धजन्य उत्पादनमा आत्मनिर्भर गाउँपालिका बन्न सबै एकजुट भएको लागेको गाउँपालिकाले जनाएको छ।  किसानलाई जर्सी गाँई तथा उन्नत जातको भैसी पालन गर्न लगाई दुध उत्पादन बढाउने गाँउपालिकाको योजना रहेको छ।

दुध उत्पादन बढाई गाँउपालिकाबाट उत्पादन भएको दुध बाहिरी जिल्लामा निर्यात गर्न हामीले योजनानै बनाएर अगाडि बढेका छौ, गाँउपालिका प्रमुख पानीराज बम्जनले भने, गाँउपालिकाले २२ लाखमा  जर्सी गाँइ खरिद गरी किसानलाई वितरण गर्न लागेको छ। उनले गाँउपालिकाको १,२,३,४ र ६ नम्बर वडाका किसानलाई जर्सी गाँई उपलब्ध गराउन लागेको जनाए। गाई पालनका लागि गाई फर्मनै सञ्चालन गर्ने गरी कार्यविधि बनाएर किसानलाई गाई बाड्छौ, गाँउपालिकाले उपलब्ध गराएको गाईबाट किसानले दुध उत्पादन गर्ने र त्यसको बजारीकरण गाँउपालिकाले गर्ने गरी काम अगाडि बढाएका छौ।

गाँउपालिकाले पाँच वडाका पचास जना कृषक छनौट गरी गाई पालनलाई बढाउन लागेको हो। विशेष गरी अतिविपन्न द्धन्द्धपीडित तथा एकल महिलाहरुको आयआर्जनमा वृृद्धि गराउन हामीले त्यहि वर्गका किसानलाई गाँई उपलब्ध गराउने गरी किसान छनौट गरेका छौ, गाँउपालिका प्रमुख बम्जनले भने, स्थानीय सरकारले बास्तविक गरिबलाई आयआर्जन गर्न सहयोग गर्ने उद्देश्य हो।

राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग त्यहि गाँउपालिका हुदै निर्माणधिन रहेकाले राजमार्ग बनेपछि अन्य क्षेत्रबाट सामान लिएर आउने गाडीलाई रित्तै नभएर भरी पठाउन कृषि क्षेत्रमा लगानी गर्न लागेको गाँउपालिकाले जनाएको छ। हाम्रो गाँउपालिकामा पछिल्लो समय कृषिमा काम गर्ने कृषक बढेको पाइएको छ, एक होटल व्यवसायीले भने, तरकारी तथा दुधहरु धेरैजसो स्थानीयनै आउन थालेको छ।

उनले केहिवर्ष अघिसम्म होटल सञ्चालन गर्नका लागि आवश्यक तरकारी सबै बाहिरबाट आउने भएपनि हाल स्थानीय किसानलेनै उत्पादन गर्न थालेको बताए। गाँउपालिकाले पनि कृषि क्षेत्रमा ठूलै लगानी गरेको छ, लगानी अनुसारको उत्पादन अझै भएको छैन, तर पहिलाको भन्दा हाल उत्पादन बढेको छ, उनले भने। गाँउपालिकाले सामान लिएर आउने गाडीलाई खाली फर्कन नदिने अठोट गरेको छ।

दुध तथा तरकारीजन्य बस्तुले गाडी भरेर पठाउछौ, गाँउपालिका प्रमुख बम्जनले भने, त्यसैको लागि कृषि क्षेत्रमा लगानी गरिएको हो। कृषि क्षेत्रको पहिलो काम गाँउपालिका दुधमा आत्मानिर्भर बनेर बाहिर निर्यात गर्न सक्ने बनाउनुनै हो, उनले थपे।

प्रकाशित: २३ भाद्र २०७६ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App