८ वैशाख २०८१ शनिबार
कला

नेपाल भाषा–साहित्य सम्मेलन हुँदै

भक्तपुर – नेपाल भाषाको साहित्य सम्मेलन इटाछेंमा आयोजना हुने भएको छ। दशैंको अवसरमा आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तमुज्या (सम्मेलन) आगामी असोज २३ देखि इटाछेंमा हुने भएको छ।

दुई दिने सम्मलेनमा नेपाल भाषाका साहित्यसम्बन्धी विभिन्न विषयमा अन्तक्र्रिया र सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ। सम्मेलनको यो ३९ औं संस्करण हो। सम्मेलनको तयारीमा जुटेकी प्रदेशसभा सांसद सृजना सैंजुले साहित्य समाज परिवर्तनको महत्वपूर्ण हतियार भएको बताएकी छिन् । ‘साहित्य समाज परिवर्तनको महत्वपूर्ण हतियार हो। हरेक वर्ष आयोजना हुने नेपाल भाषा–साहित्य सम्मेलन साहित्यिक स्रष्टा र साहित्यको जगेर्ना गर्न लागिपरेको छ,’ उनले भनिन्।

नेपाल भाषा साहित्यतःमुंज्या मगुठीका अध्यक्ष चन्द्रबहादुर उलकले तःमुंज्या स्थापना गर्नुपर्नाका कारणहरूबारे बोल्दै सम्मेलनले नेपाल भाषा संरक्षण र प्रवद्र्धनमा जोड दिएको बताए। ‘नेपाल भाषा साहित्य सम्मेलनले नेपाल भाषामा लेखिएका साहित्यहरूमाथि बहस गर्ने हुँदा नयाँ पुस्तालाई यसकाबारे जानकारी समेत दिदैं आएको छ,’ उनले भने।

प्रकाशित: २३ भाद्र २०७६ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App