नगदमा नियन्त्रण

सोमबार, २३ भदौ २०७६, ०९ : ४५ सम्पादकीय

प्रविधि दुरुपयोग गरी आपराधिक व्यक्तिहरूले क्षणिक लाभ लिन सक्छन्। यस्तो अवस्थामा दोष तिनै व्यक्तिको हुन्छ, जो अपराध कर्ममा लागेका हुन्छन्। र, त्यसमा केही दोषभागी हुने हो भने प्रविधिलाई अद्यावधिक गरी दुरुपयोग हुनबाट रोक्न नसक्नेले पनि हुनुपर्छ। एउटा आतंककारीले पनि बिजुली बत्ती उपयोग गर्न सक्छ। तर, उसले उपयोग ग¥यो भन्दैमा बिजुली निभाउने कामको प्रशंसा गर्न सकिँदैन। २०६१ माघमा तत्कालीन शाही सत्ताले देशमा टेलिफोन, इन्टरनेट र भर्खरै सुरु भएको मोबाइल सेवा बन्द गरेको अनुभव हामीलाई छ। त्यसको उद्देश्य तत्कालीन सत्ताले आफनो विपक्षमा रहेका दल र ‘आतंककारी’ घोषणा गरेका माओवादीले त्यसलाई उपयोग गर्न नसकून् भन्ने रहेको हो। कसैलाई एक्ल्याउने नाममा सर्वसाधारणले उपयोग गरिरहेका अधिकार हनन गर्ने काम भइरहेका हुन्छ। सडकमा चोर पनि हिँड्छन् साधु पनि। चोर हिँडेकै आधारमा बाटो भत्काउने सोच्न पनि सकिँदैन। केही सीमित आपराधिक मानिसका कारण ठूलो जनसंख्यालाई दुःख दिन मिल्दैन। गत शनिबार चिनियाँ नागरिकको संलग्नतामा नेपाल र भारतको एटिएम प्रणालीलाई ह्याक गरी तीन करोड ५८ लाख रुपैयाँ चोरी भएलगत्तै सजाय भने सर्वसाधारण बचतकर्ताले पाएका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनमा अब एक दिनमा ६० हजार रुपैयाँ मात्र बचतकर्ताले एटिएमबाट निकाल्न सक्छन्। यसअघि यसरी निकाल्न पाइने रकमको सीमा एक लाख रुपैयाँसम्म थियो। त्यसैगरी एकपटकमा ‘फास्ट क्यास’ २५ हजारसम्म निकाल्न पाइने सीमासमेत घटाएर २० हजारमा झारिएको छ। सर्वसाधारण ग्राहकले पाइरहेको सुविधा यसरी हरण भएको छ।

आपराधिक कर्मको दण्ड सर्वसाधारण ग्राहकले भोग्ने अवस्था कसैगरी स्वीकार्य हुँदैन। यसरी बलात् रकम निकाल्न कठिनाइ सिर्जना गर्दा सर्वसाधारणले सानोतिनो बचत पनि बैंकमै राख्ने अहिलेको प्रवृत्तिमा परिवर्तन आउनेछ। अनि व्यक्तिले अलि ठूलो नगदसमेत आपतकालीन अवस्थाका निम्ति भनी घरैमा राख्ने अवस्था आउँछ। यसले बैंकप्रतिको विश्वास घटाउँछ।

सकेसम्म उपभोक्तालाई दिइएका सुविधा बढाउँदै जानुपर्नेमा ह्याकरहरूको निहुँमा यसरी अनाहकमा दुःख दिने निर्णय गरिएको छ। एक दिनमा एक लाख र एकपटकमा २५ हजार रुपैयाँ निकाल्न पाउने यो नियमका कारण बैंकको धेरै रकम ह्याक गरी चोरी भएको होइन। वास्तवमा बैंकको सुरक्षा प्रणालीलाई चुस्त नबनाएका कारण यस्तो भएको हो। अन्यथा, तिनले एक लाख रुपैयाँभन्दा बढी रकम चोर्न सक्ने थिएनन्। यस्तो अवस्थामा दोष सर्वसाधारण ग्राहकलाई किन ? अन्याय तिनले किन सहनुपर्ने ? कार्डबाटै कारोबार गर्न सरकारले सर्वसाधारणलाई प्रेरित गरिरहेको भए पनि कतिपय ठाउँमा नगद नभई सेवा वा सुविधा पाउन सहज छैन। सबै ठाउँमा सहज सेवा उपलब्ध नरहेको अवस्थामा सर्वसाधारण ग्राहकलाई असुविधा हुनेगरी एकाएक नियम परिवर्तन गर्नु उचित होइन। पहिले एक दिनमा ग्राहकले एटिएमबाट दुई लाख रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो। पछि यस्तै घटना भएपछि एक लाख रुपैयाँमा झार्ने काम भएको हो। अहिले त्यसलाई समेत तल झारेर ६० हजार रुपैयाँ पारिएको हो। भइरहेकै एटिएमको प्रयोग पनि अझै सहज छैन। कतिपय बैंकका एटिएम राम्ररी चलिरहेका हुँदैनन्। अझ अहिले ह्याकरको आक्रमणमा परेकै आधारमा अधिकांश एटिएम राति बन्द गर्न थालिएका छन्। बिहान पनि ती ढिलो गरी मात्र खुल्छन्। आजको महानगरीय जीवनमा व्यक्तिलाई नगद जतिसुकै बेला आवश्यक पर्न सक्छ भन्ने हेक्का राख्न नसकेको देखिएको छ। यस्ता अव्यावहारिक नियम लागु गर्नुअघि सर्वसाधारणको सुविधाबारे सोच्नु उचित हुन्छ।

नेपाल राष्ट्र बैंकले गरेको अनुसन्धानअनुसार भिसा इन्टरनेसनलमा आबद्ध नेप्सका सदस्य बैंकको क्लोन भिसा कार्ड प्रयोग गरी रकम चोरी भएको हो। अझै कतिपय बैंकले चिप्स प्रयोग भएका कार्ड प्रयोगमा ल्याइसकेका छैनन्। अहिले रकम चोरी हुँदा चिप्स प्रयोगको सन्दर्भसमेत उठेको छ। र, तीन महिनाभित्र चिप्स प्रयोग भएका कार्ड प्रचलनमा ल्याउन निर्देशनसमेत भइसकेको छ। चिप्स प्रयोग गर्न २०७४ सालदेखि नै भनिएको हो। कतिपय अवस्थामा बैंकका एटिएम बिग्रेर रकम निकाल्न नसक्दा कार्यालय समयमा सर्वसाधारणले सेवाका निम्ति आग्रह गर्दा समेत अतिरिक्त रकम तिर्नुपरेको अनुभव छ। अझ बैंकहरूले आफ्नो सेवालाई विशिष्ट र सहज बनाउँदै लैजानुपर्नेमा ग्राहकप्रति अपेक्षित व्यवहार गर्न नसकेको देखिन्छ। बैंकहरूले कमाउने गरेको नाफाका आधारमा पनि सेवालाई विशिष्ट बनाउन ध्यान दिनुपर्छ। आफ्नो सुरक्षा प्रणालीलाई बलियो बनाएर ग्राहकले अहिलेसम्म पाइआएको सुविधा थप्दै जानुपर्नेमा कटौती गर्ने कार्य स्वीकार्य हुन सक्दैन। अहिले जसरी एटिएममा अवाञ्छित किसिमले गतिविधि भए। शंकास्पद गतिविधि हुनासाथ त्यसको जानकारी लिन सक्ने र तत्काल कारबाही गर्न सक्ने क्षमता विकास गर्नु आवश्यक छ। तिनको चौबिसै घण्टा सुरक्षा अपरेसन सेन्टर सञ्चालनमा आउन सक्ने हो भने अहिलेको जस्तो दुर्घटना हुनेछैन। त्यति मात्र होइन, अन्यत्र मुलुकमा भइरहेका बैंकिङ अपराधबारे बेलैमा अनुसन्धान र विश्लेषण गर्ने तथा आसन्न चुनौती सामना गर्न आफूलाई तत्पर गराउने जिम्मा व्यवस्थापनको हो। त्यसैगरी राष्ट्र बैंकले अन्य बैंकलाई बढ्ता ग्राहकमुखी बन्न प्रेरित गर्नुपर्छ। आपराधिक कर्मको दण्ड सर्वसाधारण ग्राहकले भोग्ने अवस्था कसैगरी स्वीकार्य हुँदैन। यसरी बलात् रकम निकाल्न कठिनाइ सिर्जना गर्दा सर्वसाधारणले सानोतिनो बचत पनि बैंकमै राख्ने अहिलेको प्रवृत्तिमा परिवर्तन आउनेछ। अनि व्यक्तिले अलि ठूलो नगदसमेत आपतकालीन अवस्थाका निम्ति भनी घरैमा राख्ने अवस्था आउँछ। यसले बैंकप्रतिको विश्वास घटाउँछ। अहिले आवश्यकताअनुसार एक लाखसम्म लिन पाउने व्यवस्था कटौती नगर्न बैंक व्यवस्थापनले ध्यान दिनु उचित हुन्छ।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad