coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोबाइल चोरी गरेर किनबेच गर्ने तीन जना पक्राउ

खोटाङ– खोटाङमा चोरीको मोबाइल किनबेच गर्ने तीन जना पक्राउ परेका छन्। विभिन्न पसलबाट मोबाइल चोरी गर्दै विक्री गर्ने दुई जना र खरिद गर्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो।

दिक्तेलबजारमा मोबाइल चोरी गर्दै दिक्तेलकै विभिन्न पसलमा विक्री गर्ने अनिल मुग्राती र प्रकाश भण्डारी तथा मोबाइल खरिद गर्ने व्यवसायी दिनेश खत्रीलाई पक्राउ गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए। 

मुग्राती र भण्डारीलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको केही दिनपछि व्यवसायी खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। चोरीका मोबाइल खरिद गरेकामा खत्रीलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मुग्राती र भण्डारीले दिक्तेलकै विभिन्न पसलबाट मोबाइल चोरी गरेर बिक्री गरेको खुलेको प्रहरी निरीक्षक खेरवारले बताए। चोरीका मोबाइल खरिद गरेकामा खत्रीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २३ भाद्र २०७६ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App