७ वैशाख २०८१ शुक्रबार
समाज

दुई बालिकामाथि करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ

रसुवा– रसुवामा दुई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष सुनार रहेका छन्। उनले दुई जना बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ।

बालिकामध्ये एउटा ६ वर्षीय र अर्की १२ वर्षीय रहेका छन्। आइतबार दिउँसो बालिकालाई फकाएर जंगलतर्फ लगेर जवरजस्ती करणी गर्न लागेको अवस्था प्रहरीले पक्राउ गरेको हो। उनी विकासे आयोजनामा मजदुरी गर्न आएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०७६ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App