coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हत्कडीसहित फरार

सर्लाही– लागूऔषध नियन्त्रण कारबाही अन्तर्गत पक्राउ परेका एक अभियुक्त प्रहरी नियन्त्रणबाट हत्कडी सहित फरार भएका छन्। 

इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका हरिवन नगरपालिका–५ निवासी २२ वर्षीय महेन्द्र महतो फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्ष प्रतित सिंह राठौरले जानकारी दिए। गत शुक्रबार पक्राउ परेका महतोलाई आइतबार जिल्ला अदालत मलंगवाबाट म्याद लिएर हरिवनतर्फ लिएर आउने क्रममा प्रहरी हिरासतबाटै उनी फरार भएको बताईएको छ। हत्कडी सहित रहेका महतो अदालतको मूलगेट बाहिर आउने वितिकै भाग्न सफल भएको प्रहरी स्रोतले जनाएको छ। 

प्रनाउ राठौरले भने हत्कडी सहित वा हत्कडी बाहेक कसरी फरार भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए। महतोलाई गत शुक्रबार प्रतिबन्धित लागूऔषधको रुपमा प्रयोग हुने नाईट्राभेट ट्याब््लेट सहित हरिवन प्रहरीले पक्रउ गरेको थियो। आइतबार जिल्ला अदालतबाट महतो विरुद्ध अनुसन्धान गर्न ६ दिन म्याद  थप भएको थियो।

प्रकाशित: २२ भाद्र २०७६ १६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App