coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षा दिवसमा नागरिककर्मी ओली सम्मानित

नेपालगन्ज– ४० औं राष्ट्रिय शिक्षा दिवस एवम् ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले नागरिक दैनिकका संवाददाता अर्जुन ओलीलाई सम्मान गरेको छ।

नेपालगन्ज उपमहानगरपालिकामा लामो समयदेखी शिक्षा तथा बालबालिकाको क्षेत्रमा पत्रकारिता मार्फत पु-याएको योगदानको उच्च मुल्यांकन गर्दै ‘४० औं राष्ट्रिय शिक्षा दिवस एवम् ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०७६’ बाट सम्मान गरिएको हो। 

नेपालगन्जमा आइतबार आयोजित औपचारिक समारोहमा नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर लगायतले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका थिए। सोही समारोहमा नेपालगन्जमा क्रियाशील पत्रकार कृष्ण अधिकारीलाई २०७५ सालको सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। 

उपमहानगरपालिकाले उत्कृष्ठ बिद्यालयको रुपमा सामुदायिकतर्फ जयजनता माध्यामिक बिद्यालय थपुवा र संस्थागततर्फ आर्दश माध्यामिक बिद्यालय नेपालगन्जलाई सम्मान गरेको छ। यसैगरी शिक्षा क्षेत्रमा योगदान पु¥याएका सेवा निवृत्त शिक्षकहरु किरण आचार्य, कृष्णा पाठक, गिता शर्मा, आरती सिंह, लक्ष्मणप्रसाद गौतम, बृजेशबहादुर सिंह, होमनाथ गिरी, कृष्णकुमार शर्मालाई सम्मान गरिएको छ। 

यस्तै शिक्षा क्षेत्रमा बढी बजेट विनियोजन गरी योगदान पु¥याएको भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० वडा कार्यालय तथा सामाजिक विकास मञ्च, बाँके युनेस्को क्लब, भेरी प्राविधिक शिक्षालय, प्याब्सन÷एन प्याब्सन लगायतलाई पनि सम्मान गरियो। सो क्रममा एसइई र कक्षा ८ को परिक्षामा विभिन्न स्थान प्राप्त गर्ने छात्र÷छात्रालाई पुरस्कृत गरिएको थियो। 

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले ६ महिनाभित्रमका बाँकेलाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने प्रतिवद्धता जनाए। नगर प्रमुख राणाले शिक्षा क्षेत्रको सुधारका लागि सबै एक भएर लाग्नुपर्ने बताए। नगर उपप्रमुख थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर शिक्षा प्रमुख गोर्खबहादुर थापा, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दोर्ण ओली, महासंघ नेपालगन्ज उपमहानगर अध्यक्ष मनोजराजा श्रीवास्तव लगायतले बोलेका थिए।  

प्रकाशित: २२ भाद्र २०७६ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App