महिलाको शंकास्पद मृत्यु

आइतबार, २२ भदौ २०७६, १९ : ०४ नागरिक

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–५ शेर्गाखोपमा एक महिलाको आफ्नै घरमा शव भेटिएको छ। ४७ वर्षिया मुगामाया घतानी आफ्नै घरको भान्छा कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार साँझ मुलघरमा सासु ससुरासँगै खाना खाएकी घतानीको घरमा बिहान घरमा अबेरसम्म चहलपहल नभएपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएको हो। घरको बाहिरबाट चाबी लगाएको अवस्थामा रहेको भनिए पनि प्रहरी पुग्दा चाबी फुटाइएको प्रहरीले जनाएको छ। दुवै नाडीमा धारिलो हतियारले गहिरो काटेको र त्यसबाट अत्यधिक रगत बगेको कारण निरीक्षक कार्कीले बताए। 

आफन्तले घटनाको बारेमा तत्काल प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले स्थलगत मुचुल्कासमेत तयार पारी शवको पोष्टमार्टमका लागि गर्ने जिल्ला अस्पताल फाप्लुमा पठाइएको छ। मृतक महिलाको श्रीमान् अम्बर घतानी वैदेशिक रोजगारीका लागि साउदीमा छन् भने उनको दुई छोरा र एक छोरी जिल्ला बाहिर रहेका छन्। घरमा महिला एक्लै बस्दै आएकी थिइन्। घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad