६ वैशाख २०८१ बिहीबार
राजनीति

आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा तीन दिवसीय औपचारिक भ्रमणको क्रममा वाङ आइतबार साँझ काठमाडौं उत्रिएका हुन्।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार भोलिबाट उनले राजनीतिक भेटघाट सुरु गर्ने छन्। सोमबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना समेत गर्ने छन्।

प्रकाशित: २२ भाद्र २०७६ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App