coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं- व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले नेपालीसँग रहेका पाँच सय र हजार दरका भारतीय प्रतिबन्धित नोट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाली नागरिकसँग रहेका वैध भारतीय नोट व्यवस्थापनका लागि शीघ्र प्रक्रिया थाल्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारु साट्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताए।

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए। उनीहरुले अर्थ मन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने विचार व्यक्त गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्भ बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।

प्रतिबन्धित भारतीय नोटको समस्या हल गर्न भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) ले कार्यदल गठन गरिसकेको छ। उक्त कार्यदलले नेपालमा रहेका प्रतिबन्धित पाँच सय र हजार दरका भारतीय नोट साट्न आवश्यक कार्यविधि बनाउने बताइएको छ।

भारतले अघिल्लो मंगलबार ठूला दरका भारु खारेज गरेपछि नेपाल राष्ट्र बैंकले भोलिपल्टै ती नोट सटही नगर्न निर्देशन दिएको थियो।

नेपाल राष्ट्र बैंकले नेपालको बैकिङ प्रणालीमा साढे तीन करोड रुपैयाँ पाँच सय र हजार दरका भारु नोट भएको जानकारी दिएको छ। यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिणाममा भारु नोट छन्।

प्रकाशित: ३ मंसिर २०७३ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App