७ वैशाख २०८१ शुक्रबार
कला

झरनामा ‘अक्षर यात्रा’

पोखरा– ‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल मन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गरिने ‘अक्षर यात्रा’को १६९ सृङ्खला पोखरा उपत्यकाको घले गाउँमा भएको छ। पैंतालिस मिटर अग्लो झरनाको छेउमा पोखरा क्यानोनिङका प्रमुख राम गुरुङले कविहरूको स्वागत गरेका थिए।  

यात्रा आयोजना गजल सन्ध्या र नवनित साहित्य सागरले गर्दै आएका छन्। यसपटकको यात्रामा प्रकट पगेनी ‘शिव’, इशा शाह, दीपक समीप, अमृत सुवेदी, प्रकाश ज्ञवाली, कपिल शर्मा, संजिव पौडेल, लालमणि पोख्रेल, क्रुपक, आवाज शर्मा, संदीप अधिकारी, अनिता दाहाल, सबिता बराल, मैयाँ सुवेदी, अर्जुनदृष्टि पौडेल, विनोद परिवर्तित, प्रदीप सुवेदी, सत्यम, शिब संकल्प, जुपिटर, जनक दुलाल, मधुसूदन न्यौपाने, र कमल सुवेदीले कविता, गजल, मुक्तक आदि वाचन गरेका थिए।

क्यानोनिङका प्रमुख गुरुङ, गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारी र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाको संयुक्त सभापतित्वमा कार्यक्रम भएको थियो। अक्षर यात्राले ग्रामीण पर्यटनमा टेवा पुर्याएको गजल सन्ध्याकी सदस्य मैयाँ सुवेदीले जानकारी दिएकी छिन्। 

प्रकाशित: २२ भाद्र २०७६ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App